जिल्ला सभापतिलाई कांग्रेसको निर्देशन- अधिवेशनमा आवश्यक सहयोग र समन्वय गरौँ « Khabarhub

जिल्ला सभापतिलाई कांग्रेसको निर्देशन- अधिवेशनमा आवश्यक सहयोग र समन्वय गरौँ


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले जिल्ला सभापतिहरूलाई पार्टीको भ्रातृ संगठन नेपाल किसान महासंघको आशन्न जिल्ला अधिवेशनमा आवश्यक सहयोग, समन्वय र सहजीकरणका लागि निर्देशन दिएको छ । 

कांग्रेस केन्द्रीय कार्यालयले शुक्रबार ७७ वटै जिल्ला सभापतिहरूलाई परिपत्र गरेर फागुन ७ मा हुन गइरहेको किसान महासंघको जिल्ला अधिवेशनहरूमा आवश्यक सहयोग, समन्वय र सहजीकरणका लागि निर्देशन दिएको हो ।
 
कांग्रेसले महाधिवेशन हुन बाँकी रहेका भ्रातृ संस्थाहरूको केन्द्रीय महाधिवेशन आगामी चैत मसान्तभित्र गरिनसक्ने निर्णय गरेको छ । 

पार्टीको निर्देशनअनुसार किसान महासंघको केन्द्रीय तदर्थ समितिले फागुन ७ गते सबै जिल्लामा अधिवेशन गर्ने निर्णय गरेको छ । 

‘नेपाल किसान महासंघको जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमितिको तर्फबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण गरिदिनु हुनका लागि निर्देशनानुसार अनुरोध गरिन्छ,’ कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  २ : ३२ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट