जिल्ला सभापतिलाई कांग्रेसको निर्देशन- अधिवेशनमा आवश्यक सहयोग र समन्वय गरौँ « Khabarhub

जिल्ला सभापतिलाई कांग्रेसको निर्देशन- अधिवेशनमा आवश्यक सहयोग र समन्वय गरौँ


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले जिल्ला सभापतिहरूलाई पार्टीको भ्रातृ संगठन नेपाल किसान महासंघको आशन्न जिल्ला अधिवेशनमा आवश्यक सहयोग, समन्वय र सहजीकरणका लागि निर्देशन दिएको छ । 

कांग्रेस केन्द्रीय कार्यालयले शुक्रबार ७७ वटै जिल्ला सभापतिहरूलाई परिपत्र गरेर फागुन ७ मा हुन गइरहेको किसान महासंघको जिल्ला अधिवेशनहरूमा आवश्यक सहयोग, समन्वय र सहजीकरणका लागि निर्देशन दिएको हो ।
 
कांग्रेसले महाधिवेशन हुन बाँकी रहेका भ्रातृ संस्थाहरूको केन्द्रीय महाधिवेशन आगामी चैत मसान्तभित्र गरिनसक्ने निर्णय गरेको छ । 

पार्टीको निर्देशनअनुसार किसान महासंघको केन्द्रीय तदर्थ समितिले फागुन ७ गते सबै जिल्लामा अधिवेशन गर्ने निर्णय गरेको छ । 

‘नेपाल किसान महासंघको जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमितिको तर्फबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण गरिदिनु हुनका लागि निर्देशनानुसार अनुरोध गरिन्छ,’ कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  २ : ३२ बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली