बिहे गरेको १० महिनामै श्रीमतीको हत्या : पाँच वर्षदेखि फरार श्रीमान् पक्राउ « Khabarhub

बिहे गरेको १० महिनामै श्रीमतीको हत्या : पाँच वर्षदेखि फरार श्रीमान् पक्राउ


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाँच वर्षअघि श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी शम्भुनाथ नगरपालिका-२ का सन्तोष साह रहेका छन् ।

साहलाई फरार प्रतिवादी खोजीको सिलसिलामा बिहीबार पक्राउ गरी अनुसन्धान थालिएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए ।

खतिवडाका अनुसार साहले श्रीमती गायत्रीकुमारीलाई २०७६ साल चैत ६ गते राति कुटपिट गरी शम्भुनाथ नगरपालिका-२ ट्राफिक चोकदेखि चार सय मिटर पूर्वमा फालेका थिए । भोलिपल्ट स्थानीयले फेला पारेर गायत्रीलाई युनिक अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

त्यसयता सन्तोष फरार रहेका थिए । खतिवडाका अनुसार गायत्री र सन्तोषको बिहे २०७६ साल जेठ २६ गते भएको थियो । बिहेपछि दुवै जनाबीच पटक-पटक विवाद हुँदै आएको थियो ।

जिल्ला अदालत राजविराजले सन्तोषलाई कर्तव्य ज्यान मुद्दामा तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।  

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  २ : ४१ बजे

बंगलादेशमा प्रतिबन्धित अवामी लिगका कार्यकर्ताको प्रदर्शन, शेख हसिनाको गृहनगरमा तोडफोड

काठमाडौँ- बंगलादेशको प्रतिबन्धित राजनीतिक दल अवामी लिगका सयौँ कार्यकर्ताले आइतबार

दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

नारायणगढ– जिल्लामा यस वर्षको दसैँ–तिहार अवधिमा सडक दुर्घटना तथा मानवीय

ढोरपाटनको सहायक गन्तव्य जलजला

म्याग्दी– धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला ढोरपाटन सिकार आरक्षको सहायक

कोप–३१ मा शून्य फोहोर र दिगो व्यवस्थापनबारे छलफल

अन्ताल्या – जलवायु परिवर्तन न्यूनीकरण र दिगो फोहोर व्यवस्थापनमा शून्य फोहोर (जिरो

नवलपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५