विरोध हुँदैमा सरकार रोकिँदैन, सबै अध्यादेश पारित हुन्छन् : शंकर पोखरेल « Khabarhub

विरोध हुँदैमा सरकार रोकिँदैन, सबै अध्यादेश पारित हुन्छन् : शंकर पोखरेल


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले ल्याएको सवै अध्यादेशहरु पारित हुने बताएका छन् ।

एमाले विज्ञान तथा प्रविधि विभागले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा महासचिव पोखरेलले अध्यादेशको विरोध हु्ँदैमा सबै प्रयास असफल हुने नठान्न आग्रह गरे ।

महासचिव पोखरेलले सरकारले गत पुस १४ गते, २९ गते र माघ २ गते जारी गरेका सबै अध्यादेश संसद्‍बाट पारित हुने पनि बताएका छन् ।

अध्यादेश अघि अघि बढाउन अनेक विकल्प रहेकाले जसरी पनि राज्यको कानुनमा ढाल्ने उनले बताए ।

अध्यादेशका माध्यमबाट सबै क्षेत्रलाई सम्बोधन गर्ने प्रयास सरकारले गरेको उनको भनाइ छ । महासचिव पोखरेलले कानुन कार्यान्वयनका लागि आवश्यक परे नियमावली बनाइने स्पष्ट पारे ।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग र उद्यमशीलतालाई सूचना प्रविधिबाट अगाडि बढाउन नीति ल्याउने जानकारी दिए ।

उनले प्रविधिलाई आत्मसाथ गर्न नसकेमा आजको विकास सम्भव नहुने जिकिर पनि गरेका छन् ।

मन्त्री भण्डारीले सन् २०२६ सम्ममा नेपाल विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुने भएकाले सूचना प्रविधि क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ४ : ५३ बजे

वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्यो भारत

काठमाडौं – भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

जलेश्वर कारागारबाट फरार व्यक्ति भारतमा हतियारसहित पक्राउ

जनकपुरधाम- नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले महोत्तरीको जलेश्वर कारागारबाट फरार एक

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता

भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत

काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि