खेलकुदले देशलाई चिनाई रहेको छ : मुख्यमन्त्री कँडेल  « Khabarhub

खेलकुदले देशलाई चिनाई रहेको छ : मुख्यमन्त्री कँडेल 


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खेलकुदको माध्यमबाट खेलाडीले देशलाई चिनाई रहेको बताएका छन् । 

आज १६ औँ सुर्खेत जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कम स्रोत र साधनबीच खेलाडीहरूले आफ्नो मेहनतले देशलाई नै विश्वसामु चिनाएको मुख्यमन्त्री कँडेलले बताए । 

विद्यालयमा रहेका हरेक विद्यार्थीहरूलाई खेलकुदका माध्यम असल नागरिक बनाउन सकिने हुँदा खेलकुद महत्त्वका साथ सबैले हेर्नू पर्ने मुख्यमन्त्री कँडेलले बताए ।

 खेल क्षेत्रलगाएतका अन्य क्षेत्रको विकास गर्नका लागि जनतादेखि राजनीति दल मिल्नुको विकल्प नभएको मुख्यमन्त्री कँडेलको भनाई थियो । 

कार्यक्रममा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, प्रदेश सभा सदस्य खड्गबहादुर पोखरेल, गाउँपालिकाका प्रमुख र उपप्रमुखहरूको सहभागी रहेको थियो । कार्यक्रमको आयोजना जिल्ला खेलकुद समिति सुर्खेतले गरेको थियो । 

 सिम्ता गाउँपालिकामा आयोजना गरिएको उक्त रनिङ शिल्ड प्रतियोगितामा सुर्खेत जिल्लाका सबै पालिकाहरूले सहभागिता रहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ६ : २५ बजे

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा