लाप्राकमा मकैको विवाह सम्पन्न « Khabarhub

लाप्राकमा मकैको विवाह सम्पन्न


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

गोरखा – माघ शुक्ल द्वितीया तिथि पारेर आज यहाँको धार्चे गाउँपालिका–४ लाप्राकमा मकैको विवाह गरिएको छ ।

मकैको विहे गरेपछि मात्र बारीमा रोप्न सुरु गर्ने परम्पराअनुसार गाउँलेले सामूहिक रुपमा मकैको विहे गरेका हुन् । गाउँको एक घरको ठूलो आँगनमा गाउँले भेला भई आआफ्नो घरको मकैको बीउसँगै स्थानीय घाँटुकन्या र कुमारलाई डोलीमा बोकी गाउँ परिक्रमा गरी मकैको विहे गरिएको हो ।

मकै, कन्या र कुमार बोकेका जन्तीले वाद्यवादनसहित गीत गाउँदै, नाच्दै गाउँको परिक्रमा गरेका थिए । “यहाँ मकैको विहे गरेपछि मात्र बारीमा रोप्ने चलन छ”, स्थानीय मार्सिङ गुरुङले भने, “यसपालि पानी पर्न ढिलो भयो । हिजो अलिअलि पानी पनि प¥यो । अब मकै रोप्न हुन्छ भनेर मकैको विहे गरेका हौँ ।”

बिहेको अघिल्लो दिन बिहिबार डाँडापूजा गरिएको थियो । खेत नभएकाले धार्चे गाउँपालिकाको मुख्य खेती मकै हो । स्थानीयका अनुसार मकैको बिहे गरेको दोस्रो सातादेखि सबै किसानहरुले बारीमा मकै रोप्न थाल्छन् ।

लाप्राक एक वडा, एक बस्ती भएको गाउँ हो । यहाँ एकै गाउँमा पाँच सयभन्दा धेरै घरधुरी छन् । वर्षौँदेखि मकैको विवाह गर्ने परम्परा कायम छ । गाउँले सबै मिलेर मकैको जन्ती गएको, मकैको भोज खाएको र नाचगान गरेको स्थानीय मणिकामदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक धनबहादुर गुरुङले जानकारी दिए ।

प्रकृति पूजा गर्ने बोन सम्प्रदायले मकैको बिहे गरेपछि मात्र मुख्य बालीको रुपमा रहेको मकैखेती लगाउन सुरु गर्छन् । मकैको उब्जनी राम्रो होस्, असिना पानीले नास नगरोस्, रोग नफैलियोस् भनेर यहाँ मकैको विहे गर्ने गरेको प्रअ गुरुङ बताएका छन् ।

बिहेका लागि गाउँका जैसीले निकालेको साइतअनुसार विवाहको अघिल्लो दिन हरेक घरका सदस्यले मकैका घोगा जमिनमा गाड्ने चलन छ । “अघिल्लो दिन गाडेको मकै पूजाको दिन बिहान झिकेर गाउँ परिक्रमा गरिन्छ”, गुरुङले भने, “बिहान सबै जना ठूलो आँगनमा जम्मा भइन्छ र महिलाहरुले घाँटु कुमारीलाई सिङ्गारेर अलि पर जङ्गलमा लुकाएर राख्छन् । अनि गाउँबाट एक जना बालकलाई दुलाहा जस्तो सिँगारेर डोलीमा चढाएर ढ्याङ्ग्रो, मादल र झ्याली बजाउँदै जन्ती लैजाने चलन छ ।”

उनका अनुसार जङ्गलमा पुगेपछि कन्या र कुमारलाई दुईटा डोलीमा बोक्दै गाउँको परिक्रमा गर्ने गरिन्छ । गाउँ फर्केपछि मकैलाई सुनपानी, गोबर र तीतेपातीले चोख्याउने चलन छ । यही मकैलाई अरु बिउमा मिसाएर गाउँका सबै किसानले बारीमा रोप्ने प्रचलन लाप्राकमा कायम छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ९ : ४१ बजे

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि