प्रधानमन्त्री कपमा आज दुई खेल : बागमती र सुदूरपश्चिम, सशस्त्र र नेपाल पुलिस भिड्दै « Khabarhub

प्रधानमन्त्री कपमा आज दुई खेल : बागमती र सुदूरपश्चिम, सशस्त्र र नेपाल पुलिस भिड्दै


३० फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन्। भैरहवाको सिद्धार्थनगर मैदानमा सुदूरपश्चिम प्रदेश र बागमतीले प्रतिस्पर्धा गर्दैछन् भने धनगढीको फाप्ला क्रिकेट मैदानमा सशस्त्र प्रहरी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान ९ बजे सुरु हुने छन्।

जारी प्रतियोगितामा आर्मीले तीन खेलमा तीन जित निकाल्दै ६ अंक बटुलेको छ। आर्मी तालिकाको शीर्ष स्थानमा छ। प्रहरीका दुवै विभागीय टिमलेसमेत दुईदुई खेलमा दुई जित निकाल्दै चार–चार अंक जोडेका छन्। रनरेटका आधारमा सशस्त्र दोस्रो र नेपाल पुलिस तेस्रो स्थानमा छन्। तीन खेल खेलिसकेको लुम्बिनीले एक खेल गुमाउँदै चार अंक जोड्दै तालिकाको चौथो स्थानमा छ।

तीन खेल खेलिसकेका सुदूरपश्चिम, कर्णाली र गण्डकीले एक मात्र जित निकाल्दै दुई अंक मात्र जोडेका छन् भने दुई खेल खेलेको मधेशले एक हार र एक जितसहित दुई अंक बनाएको छ।

दुई खेल खेलिसक्दा बागमती अंकबिहीन छ भने तीन खेल खेल्दा कोशी प्रदेशले अंक जोड्न सकेको छैन।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  ६ : ०८ बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको