प्रधानमन्त्री कपमा आज दुई खेल : बागमती र सुदूरपश्चिम, सशस्त्र र नेपाल पुलिस भिड्दै « Khabarhub

प्रधानमन्त्री कपमा आज दुई खेल : बागमती र सुदूरपश्चिम, सशस्त्र र नेपाल पुलिस भिड्दै


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन्। भैरहवाको सिद्धार्थनगर मैदानमा सुदूरपश्चिम प्रदेश र बागमतीले प्रतिस्पर्धा गर्दैछन् भने धनगढीको फाप्ला क्रिकेट मैदानमा सशस्त्र प्रहरी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान ९ बजे सुरु हुने छन्।

जारी प्रतियोगितामा आर्मीले तीन खेलमा तीन जित निकाल्दै ६ अंक बटुलेको छ। आर्मी तालिकाको शीर्ष स्थानमा छ। प्रहरीका दुवै विभागीय टिमलेसमेत दुईदुई खेलमा दुई जित निकाल्दै चार–चार अंक जोडेका छन्। रनरेटका आधारमा सशस्त्र दोस्रो र नेपाल पुलिस तेस्रो स्थानमा छन्। तीन खेल खेलिसकेको लुम्बिनीले एक खेल गुमाउँदै चार अंक जोड्दै तालिकाको चौथो स्थानमा छ।

तीन खेल खेलिसकेका सुदूरपश्चिम, कर्णाली र गण्डकीले एक मात्र जित निकाल्दै दुई अंक मात्र जोडेका छन् भने दुई खेल खेलेको मधेशले एक हार र एक जितसहित दुई अंक बनाएको छ।

दुई खेल खेलिसक्दा बागमती अंकबिहीन छ भने तीन खेल खेल्दा कोशी प्रदेशले अंक जोड्न सकेको छैन।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ६ : ०८ बजे

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका