पुटिन अमेरिकी युद्धविराम प्रस्तावमा सकारात्मक « Khabarhub

पुटिन अमेरिकी युद्धविराम प्रस्तावमा सकारात्मक


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ३० दिने युद्धविरामको लागि अमेरिकी प्रस्तावमा सैद्धान्तिक रूपमा सहमत भएको बताएका छन् ।

तर दिगो शान्तिको बाटो प्रशस्त गर्नको लागि यसको ढाँचा तय गर्नुपर्ने शर्त राखेका छन् । उनले युक्रेनसँगको सम्झौतामा यति धेरै ध्यान दिएकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासको प्रशंसा गरेका थिए । यसका साथै उनले यो युद्ध रोक्न भारत, चीन, ब्राजिल र दक्षिण अफ्रिकाका नेताहरूप्रति कृतज्ञता पनि व्यक्त गरेका थिए । 

पुटिनले पत्रकार सम्मेलनमा भने, ‘३० दिने युद्धविरामको विचार आफैंमा सही छ र हामी यसलाई निश्चित रूपमा समर्थन गर्छौं । तर त्यहाँ छलफल गर्नुपर्ने मुद्दाहरू छन् ।’

उनले युद्धविरामको सम्भावित उल्लङ्घन नियन्त्रण गर्न संयन्त्र विकास गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘हामी लडाईं रोक्ने प्रस्तावहरूसँग सहमत छौं तर युद्धविरामले दिगो शान्ति ल्याउनु पर्छ र संकटको मूल कारणहरूलाई सम्बोधन गर्नुपर्छ भन्ने विश्वासका साथ अगाडि बढ्नेछौं ।’

वर्तमान युद्धभूमिको अवस्थाका कारण युक्रेनले युद्धविराम चाहेको पुटिनको विश्वास छ । उनले रुसको कुर्स्क क्षेत्रमा प्रवेश गरेको युक्रेनी सेनालाई केही दिनभित्रै पूर्ण रूपमा घेरा हाल्ने दाबी गरे । 

उनले भने, ‘यस परिस्थितिमा, कम्तिमा ३० दिनको लागि युद्धविराम भएमा युक्रेनको लागि फाइदाजनक हुनेछ ।’ 

यद्यपि, उनले कुर्स्कमा फसेका सिपाहीहरू लडाइ नगरी फर्कन सक्षम हुन्छन् त रु भन्दै प्रश्न उठाएका छन् । यसका साथै रुसले युद्धविरामको अनुगमन गर्न नेटो देशहरूबाट कुनै पनि शान्ति सेनालाई स्वीकार नगरिने कुरा पनि स्पष्ट पारेको छ ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ८ : ४७ बजे

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता