शंकरदेव क्याम्पसमा तालाबन्दी, स्ववियु चुनाव अनिश्चित « Khabarhub

शंकरदेव क्याम्पसमा तालाबन्दी, स्ववियु चुनाव अनिश्चित


३० फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं– आसन्न चैत्र ५ गते हुने स्ववियु निर्वाचनको विषयमा शंकरदेव क्याम्पसमा स्ववियु सभापतिले स्ववियुको कोष दुरुपयोग गरि भर्ना गरेको विषय निकालेर तालाबन्दी गरिएको छ ।

स्ववियुले गरिब, पिछडिएका, अपाङ्ग तथा जेहनदार विद्यार्थीको नाममा रहेको  कोषबाट स्ववियु सभापतिले चार सयभन्दा बढि विद्यार्थीको भर्ना गरिएको विषय उठेपछि एमाले निकट अनेरास्ववियुले  तालाबन्दी गरेको हो ।

‘स्ववियु सभापति नै फर्जी भर्ना गर्ने जस्तो गलत  काममा लागेपछि हामिले छानबिनको माग गरेका हौ, फर्जी विद्यार्थीको भर्ना खारेज गरिनुपर्छ, अन्यथा निर्वाचन हुने वातावरण बन्दैन’ , शंकरदेव क्याम्स अनेरास्ववियु निकट एकजना नेताले बताए ।

स्ववियु सभापति शुसान्त बस्नेतले भने ‘अन्य संगठनले उठाएको विषय आफूले भर्ना गरेको विषय होइन अनेरास्ववियुले फर्जी भर्ना गरेको सूचना आएको छ । छानविन हुनुपर्छ भनेर मैले क्याम्पस प्रमख र निर्वाचन अधिकृतलाई  भनिसकेको छु ।’

शंकरदेव क्याम्पस स्ववियु निर्वाचन अधिकृत धूर्व सुवेदीले असामान्य परिस्थिति उत्पन्न भएकोले अर्को सूचना नआएसम्म स्ववियु चुनाव स्थगित भएको सूचना निकालेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  १० : २९ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका