‘होस्टल-३’ को पहिलो साता कमाई ४ करोड नाघ्यो, उपत्यका र मोफसलमा उस्तै व्यापार | Khabarhub Khabarhub

‘होस्टल-३’ को पहिलो साता कमाई ४ करोड नाघ्यो, उपत्यका र मोफसलमा उस्तै व्यापार


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत फागुन २३ गते प्रदर्शनमा आएको फिल्म ‘होस्टल -३’को पहिलो साताको व्यापर निर्माण पक्षले सार्वजनिक गरेको छ । निर्माण पक्षको दाबीअनुसार यस फिल्मले सुरुवाती सात दिनमा ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको छ ।

वितरकहरूबाट प्राप्त रिपोर्टको आधारमा उक्त रकम बराबरको ग्रस कलेक्सन भएको फिल्मका निर्देशक सशान कँडेलले बताए ।

उनले थपे, ‘हामीलाई वितरकले दिएको व्यापार रिपोर्ट नै आधिकारिक हुन्छ । वितरकले दिएको बिहीबारसम्मको रिपोर्टमा ४ करोड ३२ लाख ग्रस कलेक्सन देखिएको छ ।’

कँडेलका अनुसार फिल्मले काठमाडौं उपत्यकामा र मोफसलका दर्शकबाट उस्तै साथ पाएको छ । ग्रस कलेक्सनको रिपोर्टले पनि त्यही देखाएको छ ।

उनी भन्छन्, ‘फिल्मले काठमाडौंमा २ करोड ३० लाख र उपत्यका बाहिर २ करोड २ लाख कलेक्सन गरेको छ ।’

यो शुक्रबारबाट ‘अञ्जिला’, ‘राजागंज’ र ‘दफा आउट लअ’ प्रदर्शनमा आएका छन् । तीन फिल्म प्रदर्शनमा आउँदा पनि होस्टल-३ को शो र अकुपेन्सीमा तात्विक फरक आएको पाइँदैन ।

निर्माण पक्षका अनुसार शुक्रबार पनि फिल्मको अकुपेन्सी उच्च छ । केही हलहरुमा यही फिल्मको शो बढी छ ।

यस फिल्ममा सामाजिक सञ्जालका चर्चित अनुहार पारस बम ठकुरी र पदम तामाङ छन् । यी दुईसहित सिम्रन पन्त हेना नगरकोटी, रिहान गिरी, समा पराजुली र आशिष घिमिरे फिल्मको शीर्ष भूमिकामा छन् ।

आशिषबाहेक शीर्ष भूमिकामा रहेका सबैको यो डेब्यू फिल्म हो । यस फिल्मको कथा निर्देश कँडेलको हो । पटकथा र संवाद माधव शर्माले लेखेका हुन् ।

फिल्मका निर्माताहरु सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  १२ : ४६ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं