एटिएम प्रयोग गर्नेको सङ्ख्या घट्यो, डिजिटल कारोबार बढ्दै | Khabarhub Khabarhub

एटिएम प्रयोग गर्नेको सङ्ख्या घट्यो, डिजिटल कारोबार बढ्दै


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो १ वर्षको अवधिमा नेपालमा एटिएमबाट पैसा झिक्नेको सङ्ख्या घट्दै गएको छ भने डिजिटल कारोबारको सङ्ख्या र रकम बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघ महिनासम्म अघिल्लो आर्थिक वर्षको माघ महिनासम्मको अवधिको तुलनामा एटिएमबाट पैसा झिक्नेको सङ्ख्या घटेको देखिएको हो ।

तथ्यांकअनुसार आर्थिक वर्ष ०८०-८१ को माघ महिनामा बैंकको एटिएमबाट १ करोड ७ लाख ११ हजार ५७४ पटक नगद झिक्ने काम भएको थियो । चालु आर्थिक वर्षको माघ महिनामा सो सङ्ख्या घटेर १ करोड २ लाख ५० हजार ६०४ पटक मात्रै नगद झिक्ने काम भएको छ । 

रकमका हिसाबले पनि गत आर्थिक वर्षको माघ महिनाको तुलनामा चालु आर्थिक वर्षको माघ महिनामा एटिएमबाट झिकिने रकम घटेको तथ्यांकले देखाएको छ । गत वर्षको माघ महिनामा ८६ अर्ब ४८ करोड ५० लाख रुपैयाँ एटिएमबाट झिकिएकोमा चालु आर्थिक वर्षको माघ महिनामा ८६ अर्ब ४७ करोड ८० लाख रुपैयाँ एटिएमबाट झिकिएको छ ।

तर, पछिल्लो एक वर्षको अवधिमा डिजिटल कारोबारको संख्या र रकममा भने वृद्धि भएको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको माघ महिनामा इन्टरनेट बैंकिङ कारोबार संख्या २ लाख ६४ हजार ८४०, मोबाइल बैंकिङ ३ करोड ३८ लाख ५२ हजार ७०४ र क्यूआरमार्फत् भुक्तानी २ करोड २७ लाख २७ हजार ३६९ संख्यामा कारोबार भएका थिए ।

चालु आर्थिक वर्षको माघ महिनामा डिजिटल कारोबार संख्यामा वृद्धि भएर इन्टरनेट बैंकिङ कारोबार ३ लाख ९१ हजार ४०५, मोबाइल बैंकिङ ५ करोड ९ लाख ८४ हजार २२ र क्यूआरमार्फत् भुक्तानी २ करोड ६३ लाख ६ हजार ९७५ वटा संख्यामा भएका छन् ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  १२ : ५२ बजे

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच