एटिएम प्रयोग गर्नेको सङ्ख्या घट्यो, डिजिटल कारोबार बढ्दै « Khabarhub

एटिएम प्रयोग गर्नेको सङ्ख्या घट्यो, डिजिटल कारोबार बढ्दै


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो १ वर्षको अवधिमा नेपालमा एटिएमबाट पैसा झिक्नेको सङ्ख्या घट्दै गएको छ भने डिजिटल कारोबारको सङ्ख्या र रकम बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघ महिनासम्म अघिल्लो आर्थिक वर्षको माघ महिनासम्मको अवधिको तुलनामा एटिएमबाट पैसा झिक्नेको सङ्ख्या घटेको देखिएको हो ।

तथ्यांकअनुसार आर्थिक वर्ष ०८०-८१ को माघ महिनामा बैंकको एटिएमबाट १ करोड ७ लाख ११ हजार ५७४ पटक नगद झिक्ने काम भएको थियो । चालु आर्थिक वर्षको माघ महिनामा सो सङ्ख्या घटेर १ करोड २ लाख ५० हजार ६०४ पटक मात्रै नगद झिक्ने काम भएको छ । 

रकमका हिसाबले पनि गत आर्थिक वर्षको माघ महिनाको तुलनामा चालु आर्थिक वर्षको माघ महिनामा एटिएमबाट झिकिने रकम घटेको तथ्यांकले देखाएको छ । गत वर्षको माघ महिनामा ८६ अर्ब ४८ करोड ५० लाख रुपैयाँ एटिएमबाट झिकिएकोमा चालु आर्थिक वर्षको माघ महिनामा ८६ अर्ब ४७ करोड ८० लाख रुपैयाँ एटिएमबाट झिकिएको छ ।

तर, पछिल्लो एक वर्षको अवधिमा डिजिटल कारोबारको संख्या र रकममा भने वृद्धि भएको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको माघ महिनामा इन्टरनेट बैंकिङ कारोबार संख्या २ लाख ६४ हजार ८४०, मोबाइल बैंकिङ ३ करोड ३८ लाख ५२ हजार ७०४ र क्यूआरमार्फत् भुक्तानी २ करोड २७ लाख २७ हजार ३६९ संख्यामा कारोबार भएका थिए ।

चालु आर्थिक वर्षको माघ महिनामा डिजिटल कारोबार संख्यामा वृद्धि भएर इन्टरनेट बैंकिङ कारोबार ३ लाख ९१ हजार ४०५, मोबाइल बैंकिङ ५ करोड ९ लाख ८४ हजार २२ र क्यूआरमार्फत् भुक्तानी २ करोड ६३ लाख ६ हजार ९७५ वटा संख्यामा भएका छन् ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  १२ : ५२ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय