८ महिनामा ४४ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता  « Khabarhub

८ महिनामा ४४ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता 


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/०८२ को ८ महिनामा अर्थात् फागुनसम्ममा ४४ अर्ब ६६ करोड ३ लाख ७३ हजार ४०० रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । 

उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुन २८ गतेसम्ममा ४२७ वटा आयोजनाहरूमा लगानी प्रतिबद्धता आएको छ । उक्त आयोजनाहरूबाट  ११ हजार ४७५ जनालाई रोजगारी पाउने छन् । 

समीक्षा अवधिमा विदेशी लगानीकर्ताले १ अर्ब ९४ करोड ५० लाख  ४१ हजार ५०५ रुपैयाँ बराबरको नेपालको ३२ आयोजना लगानी गर्ने भएका छन् । 

८ महिनाको अवधिमा आएको लगानी प्रतिबद्धता आएकोमध्ये ४६ वटा आयोजनाले नेपाललाई प्रविधि हस्तान्तरण गर्ने भएका छन् । 

फागुन महिनामा मात्र १७ अर्ब ७९ करोड ८६ लाख ४० हजार रुपैयाँ बराबरको ४० आयोजनामा वैदेशिक लगानी प्रतिबद्धता भएको छ । जसले ८३३ जनालाई रोजगारी सिर्जना हुने विभागले सार्वजनिक गरेको तथ्यांकमा छ । 

अहिलेसम्म ५ खर्ब ६४ अर्ब ४० करोड २८ लाख ७० हजार रुपैयाँ बराबरको ६ हजार ८२५ वैदेशिक लगानी प्रतिबद्धता भएको तथ्यांकमा उल्लेख छ । जसबाट ३ लाख ३९ हजार ६७५ जनाले रोजगारी पाउँछन् । 

चालु आवको ८ महिनाको अवधिमा आएको प्रतिबद्धता मध्ये सबैभन्दा बढी साना आयोजनाहरू छन् भने सबैभन्दा कम ठूला आयोजनाहरू छन् । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ४१५ वटा साना आयोजनामा लगानी प्रतिबद्धता आएको छ भने ८ मध्यम स्तरका आयोजनामा प्रतिबद्धता आएको छ । ४ वटा भने ठूला आयोजनामा लगानी प्रतिबद्धता आएको तथ्यांले देखाएको छ । 

फागुन महिनामा मात्र ३९ वटा साना र एक मध्यम आयोजनामा वैदेशिक लगानी प्रतिबद्धता आएको छ । 

लगानी प्रतिबद्धता आएकोमध्ये सबैभन्दा बढी पर्यटन क्षेत्रमा आएको छ भने सबैभन्दा कम खनिजमा आएको छ । ८ महिनाको अवधिमा १७ अर्ब ९० करोड ७५ लाख ८० हजार रुपैयाँ बराबरको १८० वटा आयोजना पर्यटन क्षेत्रमा आएको छ । 

त्यस्तै, सूचना प्रविधिका क्षेत्रमा ९५ करोड ५ लाख ३ हजार २०० रुपैयाँ बराबरको १५४ आयोजना, २२ अर्ब ३६ करोड ३७ लाख ३० हजार रुपैयाँ बराबरको ५४ वटा सेवामूलक र २ अर्ब ६३ करोड २० लाख ५० हजार २०० रुपैयाँ बराबरको ३० उत्पादनमूलक आयोजनामा वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । 

साथै, ७६ करोड १० लाख रुपैयाँ बराबरको ७ कृषि मूलक, २ करोड ५५ लाख रुपैयाँ बराबरको ऊर्जामूलक र २ करोड रुपैयाँ बराबरको १ पूर्वाधारमूलक क्षेत्रमा लगानी प्रतिबद्धता भएको छ । खनिजको क्षेत्रमा भने ८ महिनाको अवधिमा कुनै पनि आयोजनाहरू प्रतिबद्धता भएको छैन ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  १ : ४५ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय