महोत्तरीको मटिहानीमा पाँच शय्याको प्रसूतिगृह निर्माण « Khabarhub

महोत्तरीको मटिहानीमा पाँच शय्याको प्रसूतिगृह निर्माण


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको मटिहानी–६ मा पाँच शय्याको प्रसूतिगृह निर्माण गरिएको छ । 

ग्रामीण बस्ती मटिहानीमा प्रसूतिगृह निर्माणले यहाँ सहज स्वास्थ्य सेवा उपलब्ध हुने भरोसा जागेको छ । सुत्केरी गराउन टाढाका अस्पताल जानुपर्ने तथा आर्थिक अभावले अब उपचारबाट वञ्चित हुनु नपर्ने मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले बताए । 

राष्ट्रिय योजना आयोगको विशेष अनुदान कार्यक्रम र मटिहानी नगरपालिकाको आर्थिक स्रोतबाट करिब रु दुई करोडको लागतमा प्रसूतिगृह निर्माण गरिएको उनले बताए । 

प्रसूतिगृह निर्माणसम्पन्न भएसँगै अब चाँडै सेवा सञ्चालनको प्रबन्ध मिलाइने नगरप्रमुख मण्डलको भनाइ छ । प्रसूतिगृहबाट नगरपालिकाका नौ वटै वडा, बस्ती, छिमेकका अन्य बस्ती तथा सूतिगृहबाट नजिकै रहेको भारतीय बस्तीका गरिबले सेवा लिन पाउने उपप्रमुख मञ्जुदेवी साहले बताइन् ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ३ : ३० बजे

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र