पहिचानवादी पोमू पक्राउ- तीन दिनभित्र जवाफ दिन ताप्लेजुङ प्रशासनलाई सर्वोच्चको आदेश « Khabarhub

पहिचानवादी पोमू पक्राउ- तीन दिनभित्र जवाफ दिन ताप्लेजुङ प्रशासनलाई सर्वोच्चको आदेश


३० फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङलाई मुक्कुमलुङ संरक्षणका लागि आन्दोलनरत पहिचानवादी नेता नवीन पोमूलाई पक्राउ गर्नुको कारणबारे तीन दिनभित्र जवाफ दिन आदेश गरेको छ । 

सर्वोच्चका न्यायाधीश कुमार चुँडालको एकल इजलासले शुक्रबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङलाई पहिचानवादी नेता पोमसमेतलाई पक्राउ गर्नुको कारणबारे तीन दिनभित्र जवाफ दिन आदेश दिएको हो ।   

‘यसमा के कसो भएको हो ? निवेदकको निवेदन मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कानुनबमोजिमको आधार कारण भए त्योसमेत साथै राखी यो आदेश प्राप्त भएको मितिले बाटाको म्यादबाहेक ३ (तीन) दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखित जवाफ पेस गर्नू’ आदेशमा भनिएको छ ।

गत फागुन दोस्रो साता ताप्लेजुङको पाथीभरा मुक्कुमलुङ क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर वीरेन्द्रचोकमा ‘नो केबलकार’ र प्रहरीबीच भएको झडपका क्रममा १५ जना पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले त्यसबेला आपराधिक उपद्रव र हुलदङ्गा गर्ने अभियोगमा उनीहरूलाई पक्राउ गरेको जनाएको थियो ।

पक्राउ पर्ने १५ जनामध्ये ताप्लेजुङका एक जना मात्र थिए । जसमा चार जना महिला थिए । पक्राउ परेकामध्ये एकजना मात्रै ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं. १ निवासी ४५ वर्षीय नवीन पोमू थिए।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  ३ : ४६ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या