पहिचानवादी पोमू पक्राउ- तीन दिनभित्र जवाफ दिन ताप्लेजुङ प्रशासनलाई सर्वोच्चको आदेश « Khabarhub

पहिचानवादी पोमू पक्राउ- तीन दिनभित्र जवाफ दिन ताप्लेजुङ प्रशासनलाई सर्वोच्चको आदेश


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङलाई मुक्कुमलुङ संरक्षणका लागि आन्दोलनरत पहिचानवादी नेता नवीन पोमूलाई पक्राउ गर्नुको कारणबारे तीन दिनभित्र जवाफ दिन आदेश गरेको छ । 

सर्वोच्चका न्यायाधीश कुमार चुँडालको एकल इजलासले शुक्रबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङलाई पहिचानवादी नेता पोमसमेतलाई पक्राउ गर्नुको कारणबारे तीन दिनभित्र जवाफ दिन आदेश दिएको हो ।   

‘यसमा के कसो भएको हो ? निवेदकको निवेदन मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कानुनबमोजिमको आधार कारण भए त्योसमेत साथै राखी यो आदेश प्राप्त भएको मितिले बाटाको म्यादबाहेक ३ (तीन) दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखित जवाफ पेस गर्नू’ आदेशमा भनिएको छ ।

गत फागुन दोस्रो साता ताप्लेजुङको पाथीभरा मुक्कुमलुङ क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर वीरेन्द्रचोकमा ‘नो केबलकार’ र प्रहरीबीच भएको झडपका क्रममा १५ जना पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले त्यसबेला आपराधिक उपद्रव र हुलदङ्गा गर्ने अभियोगमा उनीहरूलाई पक्राउ गरेको जनाएको थियो ।

पक्राउ पर्ने १५ जनामध्ये ताप्लेजुङका एक जना मात्र थिए । जसमा चार जना महिला थिए । पक्राउ परेकामध्ये एकजना मात्रै ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं. १ निवासी ४५ वर्षीय नवीन पोमू थिए।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ३ : ४६ बजे

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित