प्रधानमन्त्री कप पुरुष क्रिकेट : बागमतीको पहिलो जित « Khabarhub

प्रधानमन्त्री कप पुरुष क्रिकेट : बागमतीको पहिलो जित


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले पहिलो जित दर्ता गरेको छ ।

भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा शुक्रबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गर्दै बागमतीले पहिलो जित दर्ता गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका लागि ओपनर टेक रावतले सर्वाधिक ४५ रन जोडे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६६ रनको योगफल तयार गरेको थियो । बागमतीका लागि शुभ कसांकारले सर्वाधिक ७७ रन जोडे ।

त्यस्तै दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा एपिएफलाई दुई विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले  लगातार तेस्रो जित निकालेको छ । एपिएफले प्रस्तुत गरेको ९५ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले २६ दशमल २ ओभरमा आठ विकेट गुमाउँदै ९७ रन बनायो । पुलिसका कुशल भुर्तेलले सर्वाधिक ३१ रन बनाए ।  

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको एपिएफले २७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनको योगफल तयार पारेको थियो । एपिएफका सन्दीप जोराले सर्वाधिक २६ रन बनाए । 

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ६ : १५ बजे

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन