पारा एथलेटिक्स टोली स्वदेश फर्कियो « Khabarhub

पारा एथलेटिक्स टोली स्वदेश फर्कियो


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली टोली विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी भइ आज स्वदेश फर्किएको छ ।

भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु रङ्गशालामा मार्च ७ देखि १३ तारिखसम्म भएको प्रतियोगितामा प्रभा आङदेम्बेले नेपाललाई रजत दिलाएकी थिइन् ।

प्रभाले टी–४७ क्याटगोरीको महिला लङजम्पमा तीन दशमलव ९६ मिटर जम्प गर्दै रजत जितेकी हुन् । उनले लङजम्पसहित दुई सय र चार सय मिटर दौडमा सहभागिता जनाएकी थिइन् ।

नेपालबाट ६ खेलाडी सहभागी थिए । पुरुष चार सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले प्रतिस्पर्धा गरेका थिए । गोविन्दले ज्याभ्लिन थ्रोमा खेलेका थिए ।

अफिसियलमा राष्ट्रिय खेलकुद परिषद्की सदस्य अञ्जना श्रेष्ठ र मुक्तिनाथ अधिकारी, व्यवस्थापकमा ओमनाथ सिवाकोटी तथा प्रशिक्षकमा विमला रानामगर त्यहाँ गएका थिए ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टङ्कलाल घिसिङ, राखेपका सदस्य रामचन्द्र श्रेष्ठलगायतले अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ८ : ५० बजे

प्रतिनिधिसभा निर्वाचन : झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा

नवलपुरमा घटे महिला मतदाता

नवलपुर– अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा महिला

असावधानीका कारण आगलागीका घटनामा वृद्धि

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही

बाँकेका थारू बस्तीमा माघीको चहलपहल

राँझा– बाँकेका थारू बस्तीमा माघीपर्वको चहलपहल सुरु भएको छ ।

सुरक्षण मुद्रण केन्द्र : दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

काभ्रेपलाञ्चोक– पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब