चीनले दुष्प्रचार गर्यो : फिलिपिन्स « Khabarhub

चीनले दुष्प्रचार गर्यो : फिलिपिन्स


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिलिपिन्सले चीनमाथि दुष्प्रचारको आरोप लगाएको छ । फिलिपिन्सले दक्षिण चीन सागरमा प्रदूषणका विषयमा चीनले दुष्प्रचार गरेको आरोप लगाएको हो ।

चिनियाँ राज्य सञ्चालित सञ्चार माध्यमले दक्षिण चीन सागरमा फिलिपिनी जहाजले जानाजान प्रदूषण गरिरहेको बताएपछि फिलिपिन्सले यस्तो प्रतिक्रिया दिएको हो । फिलिपिनी नौसेनाका रियर एडमिरल रोय भिन्सेन्ट ट्रिनिडाडले चिनियाँ कम्युनिष्ट पार्टीले फिलिपिन्सका बारेमा दुष्प्रचार गरेको आरोप लगाए ।

रेडियो फ्रि एशियाका अनुसार केही समयअघि चीनबाट प्रसारण हुने सीजीटीएन टेलिभिजनले दक्षिण चीन सागरस्थित सेकेण्ड थोमस शोलनजिकै रहेको बीआरपी सिएरा माद्रो जहाजबाट धुवाँको मुस्लो उडिरहेको देखाएको थियो ।

फिलिपिनी नौसैनिकले त्यहाँ फोहोर जलाएर प्रदूषण गरेको चिनियाँ आरोप छ । पछिल्लो समय दुई मुलुकबीच दक्षिण चीन सागरको विवाद उत्कर्षमा पुगेका बेला फिलिपिन्सले चीनमाथि यस्तो आरोप लगाएको हो ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ५ : ५८ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना