चीनले दुष्प्रचार गर्यो : फिलिपिन्स « Khabarhub

चीनले दुष्प्रचार गर्यो : फिलिपिन्स


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिलिपिन्सले चीनमाथि दुष्प्रचारको आरोप लगाएको छ । फिलिपिन्सले दक्षिण चीन सागरमा प्रदूषणका विषयमा चीनले दुष्प्रचार गरेको आरोप लगाएको हो ।

चिनियाँ राज्य सञ्चालित सञ्चार माध्यमले दक्षिण चीन सागरमा फिलिपिनी जहाजले जानाजान प्रदूषण गरिरहेको बताएपछि फिलिपिन्सले यस्तो प्रतिक्रिया दिएको हो । फिलिपिनी नौसेनाका रियर एडमिरल रोय भिन्सेन्ट ट्रिनिडाडले चिनियाँ कम्युनिष्ट पार्टीले फिलिपिन्सका बारेमा दुष्प्रचार गरेको आरोप लगाए ।

रेडियो फ्रि एशियाका अनुसार केही समयअघि चीनबाट प्रसारण हुने सीजीटीएन टेलिभिजनले दक्षिण चीन सागरस्थित सेकेण्ड थोमस शोलनजिकै रहेको बीआरपी सिएरा माद्रो जहाजबाट धुवाँको मुस्लो उडिरहेको देखाएको थियो ।

फिलिपिनी नौसैनिकले त्यहाँ फोहोर जलाएर प्रदूषण गरेको चिनियाँ आरोप छ । पछिल्लो समय दुई मुलुकबीच दक्षिण चीन सागरको विवाद उत्कर्षमा पुगेका बेला फिलिपिन्सले चीनमाथि यस्तो आरोप लगाएको हो ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ५ : ५८ बजे

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले