विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा « Khabarhub

विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विशेष अदालतबाट भएको फैसला चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग  पुनरावेदनका लागि आइतबार सर्वोच्च अदालतमा पुगेको छ ।

आयोगले चितवन राष्ट्रिय निकुञ्ज कार्यालय सौराहा सेक्टरका तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठक विरुद्धको मुद्दामा पुनरावेदन गरेको हो ।

आयोगले ३१ लाख ५९ हजार सात सय ३५ बराबरको बिगो दाबी गरेको थियो । सो मुद्दामा विशेषले गत असार १८ गते सफाइ दिएको थियो ।

त्यसैगरी आयोगले नापी कार्यालय रूपन्देहीका नापी अधिकृत ध्रुवराज मरासिनी, विन्देश्वर यादव र सर्वेक्षक ठाकुरप्रसाद गुरौ विरुद्धको मुद्दामा पनि पुनरावेदन गरेको छ ।

जग्गा नियम विपरित कित्ताकाट र गलत फाइल नक्सा तयार पारेकाले सो कार्य भ्रष्टाचारजन्य गतिविधि रहेको आयोगको ठहर छ । सो मुद्दामा विशेष अदालतले २०८० फागुन १७ गते फैसला गरेको थियो । 

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ७ : ०० बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा