एम्बाप्पेले रातो कार्ड पाएको खेलमा रियलको जित « Khabarhub

एम्बाप्पेले रातो कार्ड पाएको खेलमा रियलको जित


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्टार खेलाडी केलिएन एम्बाप्पेले रातो कार्ड पाएको खेलमा रियल म्याड्रिडले जित हात पारेको छ। स्पेनिस ला लिगाको आइतबार भएको डेपोर्टिभो अल्भाससँगको खेलमा रियलले एन्टेनियो ब्लान्कोलाई हात हालेको कारण एम्बाप्पेलाई पहेँलो कार्ड देखाइए पनि भिडियो रिप्ले हेर्दै रातो कार्ड देखाइएको हो।

३४ औँ मिनेटमा एडुर्डो कामाभिङ्गाले रियलका लागि गोल गरेका थिए। त्यसको चार मिनेट पछि नै सो घटना भएको हो। रियलले सो खेलमा १–० को जित हात पारेको हो।

आइतबार भएको अन्य खेलमा एथलेटिक क्लबले रायो भल्कानोलाई ३-१ ले, भिल्लारियलले रियल बेटिसलाई २-१ ले , ओसासुनाले गिरोनालाई २-१ ले हराए।

ला लिगाको अङ्क तालिकामा बार्सिलोना ७० अङ्कसहित शीर्ष स्थान भने रियल म्याड्रिडको ६६, एट्लेटिको म्याड्रिडको ६० तथा एथलेटिक बिलबाओको ५७ अङ्क छ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ७ : ५२ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का