समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भएर अघि बढौँ : प्रचण्ड | Khabarhub Khabarhub

समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भएर अघि बढौँ : प्रचण्ड


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध राष्ट्र निर्माणका लागि एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् ।

नयाँ वर्ष २०८२ को अवसरमा आज शुभकामना दिँदै उनले देशको समृद्धि र उज्ज्वल भविष्यका लागि दृढतापूर्वक आफ्ना पाइला अघि बढाउन आग्रह गरेका छन् ।

‘हामी गौरवशाली इतिहास बोकेका सार्वभौम नेपाली हौँ, हामीले न्याय, स्वतन्त्रता र समानताका लागि त्याग, तपस्या र बलिदानका कैयौँ कीर्तिमान कायम गरेका छौँ, हाम्रो भविष्य पछाडि फर्केर होइन, अगाडि बढेर मात्र उज्यालो बन्न सक्छ’, शुभकामना सन्देशमा अध्यक्ष दाहालले भनेका छन् । उनले वर्ष २०८२ मा आत्मनिर्भर अर्थतन्त्रको विकासमार्फत रोजगारीको सिर्जनासँगै सुशासनका नयाँ मानक स्थापित गर्नेगरी अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ सुदृढ लोकतान्त्रिक गणतन्त्र भएको उल्लेख गर्दै अध्यक्ष दाहालले नववर्षमा नेपाली जनता सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र अग्रगामी परिवर्तन चाहन्छन् भन्ने तथ्य पुनः पुष्टि गर्दै नयाँ सङ्कल्प लिनुपर्ने बताए ।

२०८२ साल नयाँ चुनौती र अवसर लिएर आएको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधानको पूर्ण कार्यान्वयनमार्फत जनअपेक्षा पूरा गर्नेतर्फ ध्यान दिन सबैको ध्यानाकर्षण गराएका छन् । 

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ८ : ०३ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हँदैछ कारोबार ? 

काठमाडौं– सोमबार सुनको मुख्य बढेको छ । नेपाल सुनचाँदी रत्न

पौवादुङमाको ‘चार ढुङ्गे सन्तानेश्वर महादेव’ ओझेलमा

भोजपुर– धार्मिक पर्यटकीय क्षेत्र यहाँको पौवादुङमा गाउँपालिका– ५ सुप्लामा रहेको

झापा इनर्जीको आईपीओमा निवेदन दिने आज अन्तिम दिन 

काठमाडौं– झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)मा आवेदन

हुम्लाका गाउँगाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा

हुम्ला– टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका जिल्लाको चङ्खेली गाउँपालिकामा चौथो

जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा सेवा सुचारु

काभ्रेपलाञ्चोक– हालैको जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी कार्यालयद्वारा आफ्ना सेवालाई