राजनीतिमा देखिएको विकृति र विसङ्गतिको उपचार खोज्नु जरुरी : शेखर कोइराला | Khabarhub Khabarhub

राजनीतिमा देखिएको विकृति र विसङ्गतिको उपचार खोज्नु जरुरी : शेखर कोइराला


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुनै कारण देखाएर पार्टीको महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाति हुने भएकाले यसतर्फ चनाखो र सतर्क रहन अनुरोध गरेका छन् ।

नयाँ वर्ष २०८२ को उपलक्ष्यमा एक सन्देश जारी गर्दै उनले नेपालको संविधानलाई दक्षिणपन्थी भासबाट जोगाएर समसामयिक सुधार गर्दै अगाडि बढाउन कांग्रेसीजन अगाडि आउनुपर्ने आवश्यकता औँल्याए ।

सन्देशमा नेता कोइरालाले एक पटक आफू र आफ्नो दल भन्दा देश र जनता माथि छन् भन्ने सोचले काम गरे मात्रै देशले निकास पाउने बताए ।

अन्तर्राष्ट्रिय मञ्चमा देखिएको ‘शीतयुद्ध– २’ ले पाँच दशक अगाडि बीपी कोइरालाले प्रतिपादन गरेको ‘राष्ट्रिय मेलमिलाप’ को स्मरण गराएको उल्लेख गर्दै उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति तथा राष्ट्रिय मुद्दाहरूमा कांग्रेसले गौरवशाली इतिहासलाई सम्झेर विवेकपूर्ण निर्णय लिनुपर्ने सुझाव दिएका छन् ।

उनले भनेका छन्, ‘हामी यतिखेर इतिहासको त्यो दोबाटोमा उभिएका छौँ जहाँबाट सामान्य त्रुटि हुँदा र गलत दिशातर्फ जाँदा हाम्रो देश नेपाल ठूलो जोखिममा पर्छ ।’

राजनीतिमा देखिएको विकृति विसङ्गतिको उपचारको खोजी पार्टीभित्रबाट खोजिनुपर्ने मान्यता राख्दै आएका कोइरालाले नागरिकको विश्वास र भरोसा जित्न पार्टीको अगुवाईमा ‘क्याम्पेन फर क्लिन पोलिटिक्स’ को अभियानको आवश्यकता औँल्याएका छन् ।

भ्रष्टाचार, दण्डहीनता र अनियमितता संस्थागत भएर छुट्दै गएको नागरिक र पार्टीको सम्बन्धलाई जोड्न पार्टीभित्र शुद्धीकरण अभियान आवश्यक रहेको बताउँदै नेता कोइरालाले नयाँ वर्ष २०८२ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याउन सफल होस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ८ : ५६ बजे

जेन–जीको आन्दोलनले रोकियो ‘जारी–२’ ट्रेलर रिलिज कार्यक्रम 

काठमाडौं– जेन–जी पुस्ताको प्रदर्शनले वृहत् रूप लिएपछि ‘जारी–२’ निर्माण पक्षले

आजका समाचार : जेन-जीको प्रदर्शनमा १९ जनाको मृत्यु, गृहमन्त्रीले दिए राजीनामा र बन्धक रिहा गर्न हमास तयार 

ट्रमा सेन्टरमा ज्यान गुमाउने कलेजका विद्यार्थी पनि, अधिकांश घाइते १६

जेन–जीको आन्दोलनले रोकियो फिल्म ‘अभिमन्यु’को प्रदर्शन

काठमाडौं– जेन–जी पुस्ताको आन्दोलनको कारण फिल्म ‘अभिमन्यु’को प्रदर्शन रोकिएको छ

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

काठमाडौं – गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् ।

नेपालमा भएको प्रदर्शनबारे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले के छापे ?

काठमाडौं- नेपालमा भएको हिंसात्मक प्रदर्शनलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि महत्वका