समुदायस्तरमा वन्यजन्तुको महत्व बुझाउन आवश्यक « Khabarhub

समुदायस्तरमा वन्यजन्तुको महत्व बुझाउन आवश्यक


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

चितवन– वन्यजन्तुको संरक्षणका लागि समुदाय केन्द्रित  सचेतनामूलक कार्यक्रम गरेर वन्यजन्तु सप्ताह मनाउन लागिएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले आजदेखि ७ गतेसम्म समुदाय केन्द्रित  कार्यक्रम गरेर वन्यजन्तु सप्ताह मनाउन लागेका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज निकुञ्जमा झण्डोत्तोलन गरेर सप्ताहको सुरुवात गरिँदै छ । हरेक वर्ष वन्यजन्तु संरक्षणका लागि सप्ताहव्यापी कार्यक्रम गरेर मनाइँदै आएको छ । समुदायस्तरमा वन्यजन्तु संरक्षणको सचेतना जगाउनका लागि कार्यक्रम प्रभावकारी हुने गरेको उनको भनाइ छ ।

निकुञ्ज, नेपाली सेनाले मात्रै वन्यजन्तुको महत्व बुझ्नुभन्दा पनि समुदायस्तरमा बुझाउन सके चोरि सिकारी न्यूनीकरण हुने, वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न सहयोग पुग्ने उनले बताए ।

निकुञ्ज संरक्षणमा राज्य मात्रै नभएर समुदायको महत्वपूर्ण भूमिका हुने हुँदा यस्ता कार्यक्रमले समुदायलाई संरक्षणतर्फ डोर्‍याउन थप मद्दत मिल्ने गरेको छ । चोरी सिकारी नियन्त्रणमा सबैभन्दा बढी भूमिका समुदायको रहने गरेको छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ९ : ५३ बजे

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.