भोजपुरको पर्यटकीयस्थल नागछाँगा ओझेलमा « Khabarhub

भोजपुरको पर्यटकीयस्थल नागछाँगा ओझेलमा


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको रामप्रसाद राई गाउँपालिकामा रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको संरक्षणसँगै प्रचारप्रसारमा स्थानीय सरकार जुटेको छ ।

गाउँपालिकाले यो स्थलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर संरक्षणको थालेको हो । ढुङ्गाभरी जेलिएका नागको चित्र देख्दा यहाँ आउने मानिस अचम्मित हुने गरेका छन् । यो ठाउँमा  दर्शन गरे मनोकाङ्क्षा पूरा हुने स्थानीयवासी राजन घिमिरेले बताए ।

अनौठो प्राकृतिकस्वरुप रहेको धार्मिकस्थल भए पनि प्रचार अभावमा ओझेलमा परेको उनको भनाइ छ । वडा नम्बर ६ बैकुण्ठे र वडा नम्बर २ धोद्लेखानीको सिमानामा पर्ने यो धार्मिकस्थल पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेसँगै यसको प्रवर्द्धनका लागि प्रचारप्रसारमा जोड दिएको वडाध्यक्ष एकराज आचार्यले बताए ।

नागछाँगा, गङ्गाखोला, गोल्मे राजागोल्मे रानीभीर, थामडाँडालगायतका धार्मिक र पर्यटकीयस्थलको प्रचारप्रसारमा वडा कार्यालयले काम गरिरहेको उनको भनाइ छ । नागछाँगाको किम्वदन्तीका खोज तथा अनुसन्धान गरिरहेको उनको भनाइ छ । उनले भने, ‘नागछाँगा एक ऐतिहासिकस्थल हो, परापूर्वकालमा सक्कली नाग बस्ने गरेको किंवदन्ती पनि छ । यसको किंवदन्तीको खोजीमा लागेका छौँ । यो स्थानको संरक्षणसँगै प्रचारप्रसारमा जोड दिएका छौँ ।’

पर्यटकलाई लक्षित गरेर नागछाँगासम्म पुग्ने पदमार्ग निर्माणसँगै शौचालय, विश्राम निर्माणलगायतको काम गरिएको गाउँपालिकाले अध्यक्ष थामबहादुर राईले जानकारी दिए । यो क्षेत्रको विकासका लागि विभिन्न आर्थिक वर्षमा  करिब ६० लाख लगानी भइसकेको उनको भनाइ छ ।

गाउँपालिकाले यसको विकाससँगै यसको अन्य तथ्यको विषयमा खोजी गर्ने जनाएको छ । स्थानीयको धार्मिक आस्थाको ठाउँ रहेकोले नागछाँगालाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष  राईले बताए । 

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  १२ : १० बजे

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.