भोजपुरको पर्यटकीयस्थल नागछाँगा ओझेलमा « Khabarhub

भोजपुरको पर्यटकीयस्थल नागछाँगा ओझेलमा


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको रामप्रसाद राई गाउँपालिकामा रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको संरक्षणसँगै प्रचारप्रसारमा स्थानीय सरकार जुटेको छ ।

गाउँपालिकाले यो स्थलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर संरक्षणको थालेको हो । ढुङ्गाभरी जेलिएका नागको चित्र देख्दा यहाँ आउने मानिस अचम्मित हुने गरेका छन् । यो ठाउँमा  दर्शन गरे मनोकाङ्क्षा पूरा हुने स्थानीयवासी राजन घिमिरेले बताए ।

अनौठो प्राकृतिकस्वरुप रहेको धार्मिकस्थल भए पनि प्रचार अभावमा ओझेलमा परेको उनको भनाइ छ । वडा नम्बर ६ बैकुण्ठे र वडा नम्बर २ धोद्लेखानीको सिमानामा पर्ने यो धार्मिकस्थल पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेसँगै यसको प्रवर्द्धनका लागि प्रचारप्रसारमा जोड दिएको वडाध्यक्ष एकराज आचार्यले बताए ।

नागछाँगा, गङ्गाखोला, गोल्मे राजागोल्मे रानीभीर, थामडाँडालगायतका धार्मिक र पर्यटकीयस्थलको प्रचारप्रसारमा वडा कार्यालयले काम गरिरहेको उनको भनाइ छ । नागछाँगाको किम्वदन्तीका खोज तथा अनुसन्धान गरिरहेको उनको भनाइ छ । उनले भने, ‘नागछाँगा एक ऐतिहासिकस्थल हो, परापूर्वकालमा सक्कली नाग बस्ने गरेको किंवदन्ती पनि छ । यसको किंवदन्तीको खोजीमा लागेका छौँ । यो स्थानको संरक्षणसँगै प्रचारप्रसारमा जोड दिएका छौँ ।’

पर्यटकलाई लक्षित गरेर नागछाँगासम्म पुग्ने पदमार्ग निर्माणसँगै शौचालय, विश्राम निर्माणलगायतको काम गरिएको गाउँपालिकाले अध्यक्ष थामबहादुर राईले जानकारी दिए । यो क्षेत्रको विकासका लागि विभिन्न आर्थिक वर्षमा  करिब ६० लाख लगानी भइसकेको उनको भनाइ छ ।

गाउँपालिकाले यसको विकाससँगै यसको अन्य तथ्यको विषयमा खोजी गर्ने जनाएको छ । स्थानीयको धार्मिक आस्थाको ठाउँ रहेकोले नागछाँगालाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष  राईले बताए । 

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  १२ : १० बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा