प्रधानमन्त्रीलाई काग्रेस नेता परियारको पत्र- शिक्षकका माग सम्बोधनमा ढिला नगरौँ « Khabarhub

प्रधानमन्त्रीलाई काग्रेस नेता परियारको पत्र- शिक्षकका माग सम्बोधनमा ढिला नगरौँ


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सह-महामन्त्री जीवन परियारले नेपाल शिक्षक महासंघका माग सम्बोधनको आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेखेका छन् ।

उनले सोमबार सामाजिक सञ्जाल फेसुबकमार्फत् प्रधानमन्त्री ओलीलाई शिक्षक महासंघले अघि सारेका मागहरू सम्बोधनको आग्रह गर्दै खुला पत्र लेखेका हुन् ।

सह-महामन्त्री परियारले शिक्षक महासंघसँग विगतमा सरकारले पटक–पटक गरेका सम्झौताहरू स्मरण गराउँदै शिक्षकका उठाएका जायज मागप्रति आफ्नो समर्थन रहेको उल्लेख गरेका छन् ।

‘पार्टीको तर्फबाट अनौपचारिक रुपमा सरकारका सरोकारवाला मन्त्रीहरूसँग बारम्बार छलफल भएको नै छ,’ उनले लेखका छन्, ‘तथापि, आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद पक्ष हो भन्ने हामीलाई लागेको छ ।’

शिक्षक आन्दोलनप्रति सरकार गम्भीर नभएको भन्दै परियारले शिक्षकको शालीनतालाई कमजोरीका रुपमा त हेरिएको होइन भन्दै प्रश्नसमेत गरेका छन् ।

‘यदि, शिक्षक महासंघको आन्दोलन अब १–२ दिनभित्र समाधान नभएमा नेपाली कांग्रेस पार्टीले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्दछ भन्ने मेरो पार्टीसँग समेत जोडदार माग रहने छ,’ सह-महामन्त्री परियारले भनेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  २ : ४१ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर