२ लाखले पाथीभराको दर्शन गर्दा ३ करोड भेटी सङ्कलन « Khabarhub

२ लाखले पाथीभराको दर्शन गर्दा ३ करोड भेटी सङ्कलन


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– गत वर्ष दुई लाखभन्दा बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गरेको तथ्याङ्क सार्वजनिक भएको छ । सो अवधिमा तीन करोड पाँच लाख रुपैयाँभन्दा बढी भेटीघाटी सङ्कलन भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार, वर्षभरिमा दुई लाख २१ हजार ६०२ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका थिए । तीमध्ये सबैभन्दा बढी कात्तिकमा ६१ हजार १७३ भक्तजन पाथीभरा पुगेका थिए ।

उक्त अवधिमा कुल तीन करोड पाँच लाख ५६ हजार १२ रुपैयाँ भेटीघाटी सङ्कलन भएको समितिले जनाएको छ । आम नागरिक र सञ्चारकर्मीलाई जानकारी दिन तथा पारदर्शिता सुनिश्चित गर्न समितिले मासिक रूपमा दर्शनार्थी र भेटीघाटी विवरण सार्वजनिक गर्दै आएको छ ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार पछिल्लो समय भारतसहित विभिन्न देशबाट श्रद्धालुहरूको उल्लेखनीय आगमन भइरहेको छ । साथै, पारदर्शिता कायम राख्न मासिक विवरण प्रकाशनको अभ्यासलाई निरन्तरता दिइएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ३ : १४ बजे

मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौं – नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी माईक्रो कान्टारमा दुर्घटना

गोरखा – मनकामना दर्शन गरेर फर्किँदै गरेको एउटा विद्युतीय माइक्रोबस

एमालेको वर्तमान संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान संरचना