पूर्वराजालाई एमालेले भन्यो- फागुन ७ मा अगाडि बढेँ भनिसकेपछि चैत १५ को जिम्मा लिनुपर्छ | Khabarhub Khabarhub

पूर्वराजालाई एमालेले भन्यो- फागुन ७ मा अगाडि बढेँ भनिसकेपछि चैत १५ को जिम्मा लिनुपर्छ

तीनकुनेको विध्वंश अराजकता भएको निष्कर्ष


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेले चैत १५ गते काठमाडौंको तीनकुनेमा देखिएको विध्वंश र तोडफोडलाई अराजकता भनेको छ।

सोमबार बसेको सचिवालय बैठकपछि पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ वर्ष २०८२ को अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको सन्देशमा राजनीतिक अभिष्ठ लुकेको बताएका छन् ।

‘नयाँ वर्ष २०८२ को सन्देशमार्फत् पूर्वराजाको अभिव्यक्ति बाहिरिएको छ’, उनले भने, ‘अझै पनि राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने आशा पूर्वराजामा रहेछ । अहिलेका उपलब्धिहरूलाई पछि फर्काउन सकिन्छ कि भन्ने आशा उनीमा जीवितै रहेको हामीले पायौँ ।’

ज्ञवालीले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको जिम्मा पूर्वराजाले लिनुपर्ने बताए । ‘फागुन ७ गते म अगाडि बढिसकेँ भनेर चैत १४ गते कमान्डर तोकिसकेपछि चैत १५ को घटनाबाट जवाफदेही हुनबाट पूर्वराजाले पछि हट्न पाउँदैनन्’, उनले भने, ‘चैत १५ को घटनालाई नेपाली जनताले अस्वीकार गरिसके । त्यसो भएपछि पूर्वराजाले मैले हिँडेको बाटो र जिम्मा दिएका पात्र गलत रहेछन् भन्ने स्वीकारेर अहिलेको प्रणालीलाई सघाएर जान्छु भन्नुको साटो अझै उकास्ने काम भइरहेको छ ।’

ज्ञवालीले अहिलेको सरकारलाई जवाफदेही बन्न भनिरहँदा पूर्वराजा शाहको शासनको बेलाको अवस्था के थियो स्मरण गर्न पनि भनेका छन् । ‘उहाँको नेतृत्वको तन्त्रले जनताको अधिकार खोसेकाले, पटक पटक सम्झौता उलंघन गरेकाले गणतन्त्र ल्याउनुपरेको थियो’, उनले भने, ‘तीनकुने घटनामा पनि उहाँ जवाफदेही र जिम्मेवार नभएर फेरि यो व्यवस्था उल्ट्याउन खोज्नु गलत हो ।’

उनले तीनकुनेट घटनमा अहिले पनि अनुसन्धान चलिरहेको बताए । ‘केही मानिस गिरफ्तार छन् । तर पनि तीनकुने प्रकरणमा नैतिक रुपमा पूर्वराजा जवाफदेही हुनुपर्छ’, उनले भने, ‘चैत १५ गतेको घटनालाई उहाँले जनताको जागरण भन्नु भयो । सर्वसाधारणको घरमा तोडफोड, सरकारी कार्यालयमाथि विध्वंश र राजनीतिक पार्टीको कार्यालयमा भएको आगजनी जागरण होइन त्यो अराजकता हो ।’

ज्ञवालीले अहिलेको अवस्थामा मुलकुले लोकतान्त्रिक गणतन्त्रको कोर्स समातिसकेकाले पूर्वराजालाई ज्ञानेन्द्रलई पछाडि फर्किने कुरामा बल नगर्न पनि सुझाएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ३ : १७ बजे

विपक्षी दलहरूको बैठक बस्दै, संसदको अवरोध र भिजिट भिसा प्रकरणमा छलफल हुने

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूको बैठक

लस एन्जल्समा ‘नेशनल गार्ड’ परिचालन गर्न ट्रम्पको निर्देशन

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्निया राज्यको लस एन्जल्स शहरमा

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

आगलागी पीडितलाई प्रदेश सरकारले चालीस लाख रुपैयाँ सहयोग गर्ने

कैलाली– बाजुराको बुढीगङ्गा नगरपालिका– ६ स्थित बाम्का बजारमा शुक्रबार भएको

भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

भोजपुर– भोजपुरको दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका– ८ खोक्सिकको वाक्चाखामा