एमालेले भन्यो– प्रचण्डमा सत्ता बाहिर बस्दाको छटपटी छ, सरकार परिवर्तन हुँदैन | Khabarhub Khabarhub

एमालेले भन्यो– प्रचण्डमा सत्ता बाहिर बस्दाको छटपटी छ, सरकार परिवर्तन हुँदैन


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले सचिवालय बैठकमा केही दिनअघि प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिबारे चर्चा चलेको छ ।

बैठक सकिएपछि यसबारे जानकारी दिँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रचण्डलाई सरकार बाहिर हुँदा पीडा बोध भएकाले विभिन्न अभिव्यक्ति दिएको आरोप लगाए ।

‘केही दिनदेखि प्रचण्ड जी सरकार ढल्ने कुरा गरिरहनुभएको छ । उहाँमा सरकार बाहिर रहँदाको छटपटी र पीडा बोध छ । सरकार परिवर्तन अहिले कुनै सम्भव र सान्दर्भिक छैन । सरकारको मात्र कुरा गर्नु सत्ता मोह हो । यसको पनि खण्डन गरेका छौँ,’ ज्ञवालीले भने, ‘गर्नुपर्ने काम थुप्रै छन् । हामीले सरकारलाई पनि बारम्बार भनेका छौँ । तर सरकार ढाल्ने र राजतन्त्रमा फर्किने कुरा सम्भव छैन । सरकारको काम प्रभावकारी हुनुपर्छ यसमा हाम्रो पनि कुनै कम्प्रमाइज छैन । हामीले पनि सरकारले प्रभावकारी ढङ्गले काम गर्नुपर्छ भनिरहेका छौँ । तर यसको अर्थ यो हैन नि सरकार ढल्दै छ ।’

ज्ञवालीले प्रचण्डमा सत्ता मोह देखिएपछि बाहिर विभिन्न कुराहरू बोल्दै हिँडेको आरोप लगाए । प्रचण्डले केही दिनअगाडि ०८२ मा ‘कांग्रेस–एमाले सरकार’ ढल्ने अभिव्यक्ति दिएका थिए ।

‘प्रचण्डले अहिले फेरि सरकार परिवर्तनको हल्ला गरिरहनु भएको छ । यो सबै प्रचण्ड सरकारबाहिर रहँदाको कुन्ठा र पीडाबोधको प्रकट रुप हो’, उनले भने, ‘अहिले सरकार परिवर्तनको कुनै गुञ्जायस र सम्भावना छैन । अहिले प्रचण्डको सत्ता प्राप्तिको आशक्ति मात्रै हो ।’

अहिले कांग्रेस र एमाले मिलेर अघि बढेको राजनीतिक कोर्षले निरन्तरता पाउने उनले बताए । ‘अहिले जुन कोर्समा देश बढिरहेको छ । त्यसमा सरकारलाई बलियोसाथ लैाजने भनिरहेका छौँ’, उनले भने, ‘केही कमी कमजोरीलाई देखाएर एकथरी प्रणाली उल्ट्याउने र अर्काथरी सरकार फेर्न लागेका छन् । तर त्यो दुवै प्रयास सफल हुँदैन ।’

प्रचण्डले अहिले एमाले र कांग्रेसको बीचमा खेल्न सकिन्छ कि भन्ने कोसिस गरिरहेका उनले बताए । ‘मुलुकका अनेक समस्याबीच सरकार परिवर्तन समाधान होइन’, उनले भने, ‘असम्भव, निरर्थक र अलोपक्रिय कदम चाल्ने प्रयास कसैले नगरे हुन्छ ।’

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ३ : २२ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई