एमालेले भन्यो– प्रचण्डमा सत्ता बाहिर बस्दाको छटपटी छ, सरकार परिवर्तन हुँदैन « Khabarhub

एमालेले भन्यो– प्रचण्डमा सत्ता बाहिर बस्दाको छटपटी छ, सरकार परिवर्तन हुँदैन


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले सचिवालय बैठकमा केही दिनअघि प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिबारे चर्चा चलेको छ ।

बैठक सकिएपछि यसबारे जानकारी दिँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रचण्डलाई सरकार बाहिर हुँदा पीडा बोध भएकाले विभिन्न अभिव्यक्ति दिएको आरोप लगाए ।

‘केही दिनदेखि प्रचण्ड जी सरकार ढल्ने कुरा गरिरहनुभएको छ । उहाँमा सरकार बाहिर रहँदाको छटपटी र पीडा बोध छ । सरकार परिवर्तन अहिले कुनै सम्भव र सान्दर्भिक छैन । सरकारको मात्र कुरा गर्नु सत्ता मोह हो । यसको पनि खण्डन गरेका छौँ,’ ज्ञवालीले भने, ‘गर्नुपर्ने काम थुप्रै छन् । हामीले सरकारलाई पनि बारम्बार भनेका छौँ । तर सरकार ढाल्ने र राजतन्त्रमा फर्किने कुरा सम्भव छैन । सरकारको काम प्रभावकारी हुनुपर्छ यसमा हाम्रो पनि कुनै कम्प्रमाइज छैन । हामीले पनि सरकारले प्रभावकारी ढङ्गले काम गर्नुपर्छ भनिरहेका छौँ । तर यसको अर्थ यो हैन नि सरकार ढल्दै छ ।’

ज्ञवालीले प्रचण्डमा सत्ता मोह देखिएपछि बाहिर विभिन्न कुराहरू बोल्दै हिँडेको आरोप लगाए । प्रचण्डले केही दिनअगाडि ०८२ मा ‘कांग्रेस–एमाले सरकार’ ढल्ने अभिव्यक्ति दिएका थिए ।

‘प्रचण्डले अहिले फेरि सरकार परिवर्तनको हल्ला गरिरहनु भएको छ । यो सबै प्रचण्ड सरकारबाहिर रहँदाको कुन्ठा र पीडाबोधको प्रकट रुप हो’, उनले भने, ‘अहिले सरकार परिवर्तनको कुनै गुञ्जायस र सम्भावना छैन । अहिले प्रचण्डको सत्ता प्राप्तिको आशक्ति मात्रै हो ।’

अहिले कांग्रेस र एमाले मिलेर अघि बढेको राजनीतिक कोर्षले निरन्तरता पाउने उनले बताए । ‘अहिले जुन कोर्समा देश बढिरहेको छ । त्यसमा सरकारलाई बलियोसाथ लैाजने भनिरहेका छौँ’, उनले भने, ‘केही कमी कमजोरीलाई देखाएर एकथरी प्रणाली उल्ट्याउने र अर्काथरी सरकार फेर्न लागेका छन् । तर त्यो दुवै प्रयास सफल हुँदैन ।’

प्रचण्डले अहिले एमाले र कांग्रेसको बीचमा खेल्न सकिन्छ कि भन्ने कोसिस गरिरहेका उनले बताए । ‘मुलुकका अनेक समस्याबीच सरकार परिवर्तन समाधान होइन’, उनले भने, ‘असम्भव, निरर्थक र अलोपक्रिय कदम चाल्ने प्रयास कसैले नगरे हुन्छ ।’

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ३ : २२ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने