‘पूर्वराजाले तीनकुने घटनालाई जागरणसभा भन्नु आपत्तिको विषय’ « Khabarhub

‘पूर्वराजाले तीनकुने घटनालाई जागरणसभा भन्नु आपत्तिको विषय’


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले सचिवालय बैठक सकिएको छ । बैठकमा कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गर्ने निर्णय भएको बताइएको छ ।

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको जारी सन्देशमा अभिव्यक्त भएको विषयमा छलफल भएको छ । शाहले तीनकुने घटनालाई राजतन्त्र फर्काउने सभालाई जागरण भन्नु आपत्तिको विषय भएको एमाले बैठकले निष्कर्ष निकालेको छ ।

बैठकबारे जानकारी दिँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘पूर्व राजालाई गणतन्त्रका उपलब्धिलाई पछाडि फर्काउन सकिएला कि भन्ने आस रहेछ यो आस नगर्न अनुरोध गछौं ।’

यस्तै ज्ञवालीले तीनकुने घटनालाई पूर्व राजाले जागरणको रूपमा लिनु गैरजिम्मेवार कुरा भएको बताए ।

‘हिजोमात्र पूर्वराजाको अभिव्यक्ति सुनेका छौँ । उहाँले उपलब्धिलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने कुरा जीवित राख्नुभयो । त्यो गलत कुरा हो । ज्ञवालीले भने, ‘जुन अपराधिक घटना घट्यो त्यसलाई जागरण भन्नुभयो । त्यो जागरण हो भने धेरै आपत्ति कुरा हो । मुलुकले लोकतान्त्रिक कोर्स लिएको छ । यसलाई एमालेले र लोकतन्त्रवादी पार्टीले स्वीकार गर्दैन । उहाँले घटनाको जिम्मेवारी लिनुभएन । यसको जवाफ खै ? उहाँको अभिव्यक्तिमा अझै अहम रहेछ ।’

ज्ञवालीले पूर्वराजा शाहले आफूले छानेका पात्र गलत हुँदा तीनकुने घटनामा समस्या भएको स्वीकार गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ३ : ४१ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ