ट्रेड टावरले वैशाख ८ गतेदेखि आइपीओ ल्याउने « Khabarhub

ट्रेड टावरले वैशाख ८ गतेदेखि आइपीओ ल्याउने


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको थापाथलिमा अवस्थित ट्रेड टावर लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले वैशाख ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ जारी गर्ने भएको हो ।

वैदेशिक रोजगारीमा गएकाका लागि पहिलो चरणमा ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर निष्काशन गर्ने भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले वैशाख २२ गतेसम्म न्यूनतम १० कित्ता र अधिकतम १,००० कित्तासम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजीको ४८.६९६ प्रतिशतका दरले हुने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले सर्वसाधरको लागि निष्काशनको अनुमति पाएको थियो ।

हाल कम्पनीको जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँ बराबरको रहेको छ । कम्पनीको बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ४ : २७ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा