गाउँपालिकाका कर्मचारी चढेको गाडी दुर्घटना हुँदा ११ जना घाइते « Khabarhub

गाउँपालिकाका कर्मचारी चढेको गाडी दुर्घटना हुँदा ११ जना घाइते


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङमा पिकअप जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्लाको तमानखोला गाउँपालिकाका कर्मचारी सवार पिकअप जिप दुर्घटना भएको हो । 

तमानखोलाको केन्द्र बोङ्गादोभान बजारदेखि पर्यटकीय क्षेत्र बराहतालतर्फ जाँदै गरेको ग १ ५७०५ नम्बरको पिकअप जिप उकालोमा ब्रेक फेल भई दुर्घटनामा परेको  जनाइएको छ । 

दुर्घटनामा तमानखोला गाउँपालिकाकी सहायक प्रशासकीय अधिकृत गलकोट नगरपालिका–१ की ३० वर्षीया मुना विक, नायब पशु शाखा प्राविधि जुम्ला कन्कासुन्दरी गाउँपालिका–२ का २६ वर्षीय प्रेम रावल, सहायक लेखा अधिकृत रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–६ का ३२ वर्षीय सुदर्शन कुसारी, कार्यालय सहयोगी तमानखोला गाउँपालिका–२ का २९ वर्षीय सचिन विक, प्राविधिक सहायक रुकुम पश्चिम चौरजहारी नगरपालिका–१३ का २३ वर्षीयको नवीन मल्ल घाइते भएका छन् ।

त्यस्तै गाउँपालिकाकी पूर्वउपाध्यक्ष तमानखोला गाउँपालिका–१ की ५२ वर्षीया मनसरी शेरचन, सोही स्थानकी ६३ वर्षीया इन्द्राकुमारी गिरी, २५ वर्षीया वसन्ती मगर, सोही स्थानका गाडी चालक २७ वर्षीय सुशील रसाइली, १२ वर्षीया मनी मगर र तमानखोला गाउँपालिका–२ की २० वर्षीया झरना गिरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

घाइतेमध्ये सहायक प्रशासकीय मुना विक र प्राविधिक सहायक नवीन मल्लको अवस्था गम्भीर रहेको यादवको भनाइ छ । गम्भीर दुवै जनालाई धौलागिरि प्रादेशिक अस्पताल बागलुङ पठाइएको उनले जानकारी दिए । अन्य घाइतेहरूको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ । 
 

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ६ : ०० बजे

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक