एमालेले सात जना कम्युनिस्ट योद्धालाई सम्मान गर्ने « Khabarhub

एमालेले सात जना कम्युनिस्ट योद्धालाई सम्मान गर्ने


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सात जना कम्युनिस्ट योद्धालाई सम्मान गर्ने भएको छ । 

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले पार्टी स्थापना दिवसको अवसरमा नेपाली कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गरेका सात जना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिस्ट योद्धाका रूपमा सम्मान गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए  । 

उनका अनुसार सम्मान गरिने व्यक्तिमा क्रमशः लालबहादुर विश्वकर्मा (कञ्चनपुर), रत्न शर्मा न्यौपाने (मरणोपरान्त), बाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ), हरिचरण शिवाकोटी (झापा) छन् ।

त्यसैगरी बैठकले तत्कालीन नेकपा (माले) र कोर्डिनेशन केन्द्र पार्टी निर्माणका क्रममा ३४ जना नेता तथा कार्यकर्ताको संस्मरण समेटिएको पुस्तक ‘सेल्टर’ सार्वजनिक गर्ने निर्णय समेत गरेको छ । पुस्तकमा तत्कालीन अवस्थामा पार्टी निर्माण गर्दा नेता जनताको घरमा कसरी आश्रय लिए, पार्टी महाधिवेशन गर्ने त्यो वेला भूमिगत समयमा नेताहरूले कसरी काम गरे, कार्यकर्ताले कसरी नेताहरूलाई सुरक्षा दिए भन्ने सन्दर्भमा समेटिने जनाइएको छ । 

उपमहासचिव ज्ञवालीले सरकार परिवर्तनको कुरा गर्नु भनेको सत्ताप्रतिको आशक्ति मात्र भएको बताए । ‘अहिले सरकार परिवर्तन न कतैबाट पनि सम्भव, न त कुनै सान्दर्भिकता र न त कुनै औचित्य रहेको छ’, उनले भने । उनले सरकारले अझ राम्रो काम गर्न जरुरी रहेको बताए  । 

‘केही कमजोरीलाई आधार बनाएर एक थरीले प्रणाली नै उल्टाउने कोसिस गर्ने र अर्का थरीको ध्यान केवल सरकार परिवर्तनमा जाने । यी कुरा अस्थिरता निम्त्याउने प्रयत्न हो । यो सफल हुँदैन भन्ने मान्यता पार्टीको रहेको छ’, उनले भने ।  

बैठकले लोकतान्त्रिक गणतन्त्रको बीजारोपण भएको र जनताले जितेको ऐतिहासिक दिनका रूपमा वैशाख ११ गते ‘युथ सेलिब्रेशन’ भव्य रूपमा मनाउने निर्णय गरेको छ । 

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले वर्तमान मुलुकको समसामयिक विकसित राजनीतिक घटनाक्रमका बारेमा संक्षिप्त जानकारी गराए । सो विषयमा सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 
 

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ६ : ४४ बजे

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र