रुसी आक्रमणबाट चार युक्रेनीको मृत्यु « Khabarhub

रुसी आक्रमणबाट चार युक्रेनीको मृत्यु


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

किएभ– पूर्वी युक्रेनको खार्किभ क्षेत्रमा सोमबार भएको रुसी आक्रमणमा चार वृद्ध व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । यो आक्रमण अघिल्लो दिन छिमेकी सुमी क्षेत्रमा भएको आक्रमणपछि भएको हो, जहाँ २५ भन्दा बढीको ज्यान गएको थियो ।

खार्किभ युक्रेनको दोस्रो ठूलो सहर हो, जसलाई राति ड्रोनद्वारा पनि निशाना बनाइएको थियो । खार्किभ क्षेत्रका प्रमुख ओलेग सिनेगुबोभले रुसी सेनाले कुपियान्स्क सहरमा गोलाबारी गरेको बताए । 

‘तोपको गोलाबारीका कारण ६८ वर्षीय पुरुष र ६१ वर्षीया महिलाको मृत्यु भएको छ,’ उनले सामाजिक सञ्जालमार्फत जानकारी दिए,। ‘रकेट आक्रमणबाट ७७ वर्षीया महिला र ५२ वर्षीय पुरुषको पनि ज्यान गएको छ ।’

सन् २०२२ मा युक्रेनमाथि आक्रमण गर्दा रुसी सेनाले खार्किभको धेरै भाग कब्जा गर्ने प्रयास गरेको थियो, तर युक्रेनी सेनाले ती क्षेत्र फेरी फिर्ता लिएको थियो । हाल पुनः सीमावर्ती क्षेत्रमा रुसी गतिविधि बढेको देखिएको छ ।

त्यसैगरी, युक्रेनी अधिकारीहरूले जनाएअनुसार रुसले आइतबार राति युक्रेनमाथि ६२ वटा ड्रोनद्वारा आक्रमण गरेको थियो, जसमा दक्षिणी सहर ओडेसामा ११ जना घाइते भएका छन् ।
 

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ६ : ५१ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा