महासचिव पाण्डे गृह जिल्लामा सम्मानित  « Khabarhub

महासचिव पाण्डे गृह जिल्लामा सम्मानित 


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सामुदायिक पुस्तकालय संघका महासचिव राजेन्द्रप्रसाद पाण्डे आफ्नै गृह जिल्ला स्याङ्जामा सम्मानित भएका छन् । 

चैतन्य, प्रज्ञा, समाजसेवा र बालबालिकाको क्षेत्रमा उल्लेख्य योगदानको कदर गर्दै थिंक ट्यांक स्याङ्जाले सदरमुकाम वालिङमा एक कार्यक्रमबीच उनलाई ‘उत्कृष्ट नेतृत्व सम्मान २०८२ ले आज सम्मान गरेको हो । सम्मान ग्रहण गर्दै महासचिव पाण्डेले नयाँ वर्षकै दिन जन्मिएको माटोमा सम्मानित हुन पाउँदा प्रफुल्लित भएको बताए । 

जन्मभूमि विर्घा गाउँमा सुविधा सम्पन्न मातृभूमि पुस्तकालय स्थापना गरेर आफ्नो बाबुसहितका अभिभावकहरूको सपना साकार पार्न पाएकोमा हर्ष लागेको भन्दै पाण्डेले यो अभियानलाई जिल्लाभर फैल्याउने प्रण गरे । 

शैक्षिक क्षेत्रमा स्याङ्जाले कमाएको कीर्ति थप उचाइमा पुर्‍याउने दायित्व आफ्नो पुस्ताको काँधमा रहेको बताएका पाण्डेले नेपाल सामुदायिक पुस्तकालय संघको माध्यमबाट देश विदेशमा बालबालिकाका लागि शैक्षिक क्षेत्रमा प्रभावकारी काम गर्ने बताए । 

शिक्षा, विकास र उद्यमका विषयमा पैरवी गर्दै आएको थिंक ट्यांकले सम्मान कार्यक्रमसँगै  जिल्लामा तीन दिने शिक्षा, सीप तथा उद्यमशीलता मेला आयोजना गरेको छ । 

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ७ : ४१ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा