महासचिव पाण्डे गृह जिल्लामा सम्मानित  « Khabarhub

महासचिव पाण्डे गृह जिल्लामा सम्मानित 


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सामुदायिक पुस्तकालय संघका महासचिव राजेन्द्रप्रसाद पाण्डे आफ्नै गृह जिल्ला स्याङ्जामा सम्मानित भएका छन् । 

चैतन्य, प्रज्ञा, समाजसेवा र बालबालिकाको क्षेत्रमा उल्लेख्य योगदानको कदर गर्दै थिंक ट्यांक स्याङ्जाले सदरमुकाम वालिङमा एक कार्यक्रमबीच उनलाई ‘उत्कृष्ट नेतृत्व सम्मान २०८२ ले आज सम्मान गरेको हो । सम्मान ग्रहण गर्दै महासचिव पाण्डेले नयाँ वर्षकै दिन जन्मिएको माटोमा सम्मानित हुन पाउँदा प्रफुल्लित भएको बताए । 

जन्मभूमि विर्घा गाउँमा सुविधा सम्पन्न मातृभूमि पुस्तकालय स्थापना गरेर आफ्नो बाबुसहितका अभिभावकहरूको सपना साकार पार्न पाएकोमा हर्ष लागेको भन्दै पाण्डेले यो अभियानलाई जिल्लाभर फैल्याउने प्रण गरे । 

शैक्षिक क्षेत्रमा स्याङ्जाले कमाएको कीर्ति थप उचाइमा पुर्‍याउने दायित्व आफ्नो पुस्ताको काँधमा रहेको बताएका पाण्डेले नेपाल सामुदायिक पुस्तकालय संघको माध्यमबाट देश विदेशमा बालबालिकाका लागि शैक्षिक क्षेत्रमा प्रभावकारी काम गर्ने बताए । 

शिक्षा, विकास र उद्यमका विषयमा पैरवी गर्दै आएको थिंक ट्यांकले सम्मान कार्यक्रमसँगै  जिल्लामा तीन दिने शिक्षा, सीप तथा उद्यमशीलता मेला आयोजना गरेको छ । 

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ७ : ४१ बजे

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २८ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २८ गते बुधबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २८ गते बुधबार सन् २०२६ अक्टोबर

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान