आज २०८२ साल वैशाख ३१ गते बुधबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल वैशाख ३१ गते बुधबारको राशिफल


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज २०८२ साल वैशाख ३१ गते बुधबार । जेठ कृष्ण पक्षको द्वितीया तिथि । तदनुसार सन् २०२५ मे १४ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । राज्यका तर्फबाट सेवाको अवसर मिल्नेछ । स्वदेशी भन्दा विदेशी रमझममा मन आकर्षित रहनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । मित्र बढ्नेछन् ।

वृष : तपाईंका लागि दिन राम्रो छ । सोचेका काम बन्नेछन् । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । शिक्षामा जोसजाँगर बढ्ने । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ ।

मिथुन : दिन राम्रो छ । जिम्मेवारी थपिने छ । स्वास्थ्यमा सुधार हुँदा मन शान्त बन्नेछ । निजी क्षेत्रमा गरेको लगानीबाट आम्दानी बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । व्यापारबाट फाइदा हुनेछ ।

कर्कट : पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्ने दिन छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : दिन सामान्य छ । घाटा बढ्ने जोखिम छ । जिम्मेवारी थपिँदै जानेछ । उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ । शिक्षामा गरेको गहन अध्ययनले काम गर्नेछ ।

कन्या : कृषि सम्बन्धी लगानीबाट फाइदा हुनेछ । भूमि सम्बन्धी कारोबारबाट नाफा हुनेछ । दाजुभाइसँगको एकताबाट गरेको लगानीबाट फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा भने ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ ।

तुला : सम्पत्तिका स्रोत पत्ता लाग्नेछन् । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । परिवारसँगको सम्बन्धमा सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । यात्रा गर्ने भए दक्षिणतर्फ नजानु राम्रो हुन्छ ।

वृश्चिक : मन शान्त रहनेछ । आफ्नो कर्मप्रति आनन्दबोध हुनेछ । शिक्षाको लगानीबाट फाइदा हुनेछ । विपक्षी साथीले अप्ठेरो अवस्थामा साथ दिनेछन् । परिवारमा कर्तव्य मात्र पूरा गर्नुपर्ने दिन छ ।

धनु : सानो कुराले मन अशान्त बन्ने जोखिम छ । आफूले आफूलाई सम्हाल्ने प्रयास गर्नुपर्नेछ । शिक्षाको क्षेत्रमा भएको ढिलासुस्तीले घाटा हुनेछ । परीक्षाको तयारीमा भए गहिरो अध्ययन गर्नुपर्नेछ ।

मकर : दिन राम्रो छ । आम्दानी बढ्नेछ । व्यापारमा लगानीका लागि हिम्मत गर्नुपर्नेछ । विदेशमा भन्दा स्वदेशमा प्राप्त अवसरबाट मन खुशी हुनेछ । परिवारबाट धोका हुने भएकाले सचेत बन्नु उचित हुनेछ ।

कुम्भ : दिन राम्रो छ । मन शान्त रहेछ । विपक्षी साथीसँग सचेत बन्नुपर्ने योग छ । सामान्य विषयमा पनि विवादमा पर्ने जोखिम रहेको छ । प्रेम सम्बन्धमा खटपटी बढ्नेछ ।

मीन : शिक्षामा प्रगति हुनेछ । मध्य साढेसातीका कारण बोल्दा सोचेर बोल्नु राम्रो हुनेछ । लगानी नै गर्ने भए परिवारको तर्फबाट गर्नु उचित हुनेछ । धार्मिक कार्यमा सहभागी भएमा दैनिकी सहज बन्नेछ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ५ : २७ बजे

हिमालको कथा बोकेको संग्रहालय : हर्जोगको आइस एक्स र सालिकको यात्रा

पोखरा– अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले फेरि एक ऐतिहासिक अध्यायलाई आफ्नो भित्तामा समेटेको

भेरी नदीमा बेपत्ता दुई जनाको शव फेला, एक बेपत्ता

काँक्रेविहार– जाजरकोटको नलगाड नगरपालिका–८ मा भेरी नदीमा पौडी खेल्ने क्रममा

नेतामाथि धमाधम मुद्दा : ओलीको पूर्वाग्रह कि सुशासनको प्रयास

काठमाडौं– सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा

सङ्घीय गणतन्त्रको महत्त्वपूर्ण आयाम स्थानीय तह : पूर्वराष्ट्रपति भण्डारी

मोरङ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताको कठोर सङ्घर्षबाट स्थापित सङ्घीय

अतिक्रमित पुरैना ताल पुनर्स्थापना गरिँदै

घोडाघोडी– भजनी नगरपालिका–७ मा रहेको पुरैना ताल पुनर्स्थापनाको काम सुरु भएको