तामाखानी उत्खननका लागि खोजतालस सुरु | Khabarhub Khabarhub

तामाखानी उत्खननका लागि खोजतालस सुरु


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीमा तामाखानी उत्खननका लागि खोजतलास सुरु भएको छ । खानी तथा भूगर्भ विभागले अनुमति दिएपछि खोजतलास सुरु भएको हो । तमानखोलाको दर्जनौँ स्थानमा तामाखानी रहेको छ ।

त्यहाँ रहेका तामाखानीहरु १९८१ सालसम्म सञ्चालनमा थिए । सरकारले खानीलाई करको दायरामा ल्याएपछि बन्द भएका थिए ।

खानी तथा भूगर्भ विभागले अध्ययन तथा अनुसन्धानका लागि २०८४ असोज १४ गतेसम्मका लागि अनुमति दिएपछि खानीको खोजताल सुरु भएको हो ।

हाल विकप्लस मिनिलर प्रालीले नर्जाखानीका विभिन्न ठाउँमा खानीको खोजतलास गरिरहेको छ । उक्त क्षेत्रमा सतहमा तामा सामान्य रुपमा देखिएको विकप्लस मिनिलर प्रालीका भूर्गवशास्त्री बलराम कार्कीले जानकारी दिए ।

उनका अनुसार यस क्षेत्रमा तीन चरणका अनुसन्धान हुनेछन् । त्यसबाट राम्रो नतिजा आयो भने उत्खनन गर्न सकिनेछ । अबको एक वर्षभित्रमा तीनै चरणको अध्ययन सकिने गरी काम भइरहेको कार्कीले बताए । अहिले नर्जाखानी क्षेत्रमा प्राविधिक खटिएर धमाधम अध्ययन गरिरहेको छ ।

‘अनुसन्धानका धेरै चरणहरु हुन्छन्, हामीहरु अहिले पहिलो चरणको अनुसन्धानमा छौँ, जुसलाई ‘जियोफिजिक सर्भे’ भन्छौँ, यसबाट राम्रो नतिजा आयो भने दोस्रो चरणको टेस्ट ड्रिलिङ गर्छौँ र त्यसपछि फाइनल ड्रिलिङ गरी राम्रो नजिता आए, उत्खनन गर्छौँ’, भूर्गवशास्त्री कार्कीले भने, ‘यसको उत्खनन गर्न २० देखि २२ अर्ब लाग्छ, यति रुकम लगानी गरेर खानी सञ्चालन गर्न सक्छौँ कि सक्दैनौँ भनेर खोजतलास गरिरहेका हौँ ।’

तमानखोलाको नर्जाखानी, भित्रीवन र पात्लेगाउँको धेरै स्थानमा तामाखानीका सुरुङ र अवशेष प्रशस्तै छन् । बन्द भएका खानी उत्खननका लागि अध्ययन हुँदा स्थानीय खुसी भएका छन् । तमानखोला गाउँपालिका–६ का अध्यक्ष चित्र छन्त्यालले बाउबाजेले खनेको खानी उत्खनन गर्नसके गाउँलेको जीवनस्तर उकासिने बताए ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले लामो समयको प्रयासपछि तामाखानीको अध्ययन गर्न थालिएको बताए । तामानखानीको अध्ययन अहिलेसम्म सकारात्मक देखिएको अध्यक्ष बुढामगरले बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ९ : ५१ बजे

नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्छ : उपराष्ट्रपति यादव

बारा– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा

पलाँता गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेत– कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन अध्यक्ष लक्ष्मणबहादुर बम, उपाध्यक्ष दाना न्यौपानेसहित

बजेट वक्तव्य नै कार्यान्वयन गर्दैन सरकार

काठमाडौं – लोकरिझ्याइँमा टिक्न महत्वाकाङ्क्षी लक्ष्य राखेर ल्याउने गरेको वार्षिक

भुइँमान्छेको योगदान बिर्सेका छैनौँ : प्रदीप ज्ञवाली

 काठमाडौं– नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले कम्युनिष्ट आन्दोलनमा भूमिका

गुल्मीको सत्यवतीमा कृषि एम्बुलेन्स सञ्चालन, किसानलाई राहत

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ