लोकतन्त्रमा जनताको जिउधन सुरक्षा पहिलो शर्त : गृहमन्त्री  « Khabarhub

लोकतन्त्रमा जनताको जिउधन सुरक्षा पहिलो शर्त : गृहमन्त्री 


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

विराटनगर– गृहमन्त्री रमेश लेखकले लोकतन्त्रमा जनताको जिउधनको  सुरक्षा पहिलो शर्त भएको बताएका छन् ।

गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशद्वारा आयोजित ‘कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को उद्‍घाटन गर्दै उनले सुशासन र समृद्धिका पक्षमा आवश्यक सुरक्षा व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

गृहमन्त्री लेखकले शान्तिसुरक्षा कायम गर्ने सवालमा कसैसँग सम्झौता नगर्ने स्पष्ट गर्दै आपराधिक गतिविधिमा संलग्न जोसुकै भएपनि तिनलाई कानुनी दायरामा ल्याई दण्डित गर्न सुरक्षा निकायलाई निर्देशन दिए ।

मुलुकको संविधान र शासन व्यवस्था विरोधी गतिविधि सह्य नहुने उल्लेख गर्दै उनले तोकिएको कानुनी व्यवस्था कार्यान्वयन गर्नेक्रममा सेवाग्राही जनताको काममा ढिलाइ गर्ने छुट राष्ट्रसेवक कर्मचारीलाई नभएको बताए। 

गृहमन्त्री लेखकले सुमधुर सम्बन्धसहित आमजनतालाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिए । उनले सीमा क्षेत्रमा हुने चोरी निकासीजस्ता आपराधिक गतिविधिको न्यूनीकरण तथा नियन्त्रणका क्षेत्रमा ३० दिनभित्र अनुभूति हुने किसिमले काम गर्न सुरक्षा निकायलाई निर्देशन दिए । 

देशको रक्षासहित जनताको जिउधनको सुरक्षा गर्ने दायित्व राज्यको भएको उल्लेख गर्दै उनले लागू औषधिको कारोबार, आत्महत्या, साइबर अपराध र सवारिसाधन दुर्घटनाको न्यूनीकरण तथा नियन्त्रणका लागि सुशासनमा जोड दिनुपर्ने धारणा व्यक्त गरे । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाजका हरेक क्षेत्रमा देखिएको विकाससँगै चुनौती पनि थपिएकाले त्यसतर्फ सुरक्षा निकायको विशेष ध्यान जानुपर्ने धारणा व्यक्त गरे। 

उनले कोशी प्रदेशमा जातीय र पहिचानवादीका कारण शान्ति सुरक्षामा केही समस्या सिर्जना भएको चर्चा गर्दै लोकतान्त्रिक शासन व्यवस्थालाई आत्मसाथ गरिसकेको नेपाली समाज अब एकात्मक व्यवस्थामा जान नसक्ने स्पष्ट गरे। 

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले खुला सीमाका कारण अवैध चोरी निकासी भई राजस्व चुहावट भइरहेकोतर्फ सुरक्षा निकायसहित राष्ट्रसेवक कर्मचारीको विशेष ध्यान जानुपर्ने बताए।  

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  १२ : ४८ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील