पाकिस्तानी रेञ्जर्सले समातेका भारतीय जवान फिर्ता « Khabarhub

पाकिस्तानी रेञ्जर्सले समातेका भारतीय जवान फिर्ता


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानी रेञ्जर्सले बन्दी बनाएका भारतीय सीमा सुरक्षा बल (बीएसएफ) जवान पूर्णम कुमारलाई फिर्ता पठाएको छ ।

पूर्णम अप्रिल २३ मा पाकिस्तानी विशेष सुरक्षा दस्ताको नियन्त्रणमा परेका थिए । पञ्जाबको अटारी बोर्डरबाट उनी समातिएका थिए । यसबीच उनी पाकिस्तानी हिरासतमै थिए ।

भारतीय बीएसएफद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘अप्रिल २३, २०२५ देखि पाकिस्तानी रेञ्जर्सको हिरासतमा रहेका बीएसएफ जवान पूर्णम कुमारलाई संयुक्त चेक पोष्ट अटारी, अमृतसरमा करिब १०:३० बजे भारतलाई सुम्पिइएको छ ।’

शान्तिपूर्ण विधि र स्थापित प्रोटकल अनुसार बन्दी हस्तान्तरण भएको भारतीय पक्षले जनाएको बीबीसी हिन्दीले लेखेको छ ।

अप्रिल २२ मा भारत प्रशासित जम्मू कश्मीरको पहलगाममा चरमपन्थी हमला भएको थियो । उक्त हमलापश्चात भारत र पाकिस्तानबीच तनाव बढेको थियो ।

मे ७ मा पाकिस्तानमाथि भारतले हवाई हमला गरेपछि दुवै पक्षबीच हानाहान सुरु भएको थियो । मे १० मा दुई देशबीच सङ्घर्षविराममा सहमति जुटेको थियो ।

हाल दुबै देशका संस्थापन द्विपक्षीय तनाव कम गर्ने प्रयासमा छन्‌ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  १२ : ५० बजे

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको