फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन « Khabarhub

फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– राष्ट्रपति इमानुएल म्याक्रोनले फ्रान्सले युक्रेनमा रुसको आक्रमणका कारण ‘तेस्रो विश्वयुद्ध’ सुरु गर्न नचाहेको बताएका छन्।

उनले म्याराथन टेलिभिजन प्रस्तुतिमा आफ्नो जनादेशको बाँकी दुई वर्षका लागि आफ्ना लक्ष्यहरू प्रस्तुत गर्दै महत्त्वपूर्ण मुद्दाहरूमा जनमत सङ्ग्रहको प्रतिबद्धता जाहेर गरे ।

सन् २०१७ मा आमूल परिवर्तनको वाचा गर्दै सत्तामा आएका म्याक्रोनले संविधानअन्तर्गत अनुमति दिइएको अधिकतम दुई कार्यकाल पूरा गरेपछि सन् २०२७ मा पदबाट राजीनामा दिनेछन् ।

विशेष गरी संसदीय चुनाव गराउने आफ्नो निर्णयले उल्टो प्रभाव पारेपछि, अति–दक्षिणपन्थी दललाई संसद्मा सबैभन्दा ठूलो दल बनाएर र आफ्नै दललाई अल्पसङ्ख्यक उपस्थितिमा सीमित गरेपछि पछिल्लो वर्षमा कहिलेकाहीँ म्याक्रोन ल्याम डक (अर्थात शक्तिविहीन) जस्तै देखिएको छ ।

तर हालैका महिनाहरूमा रुसले युक्रेनमा गरेको आक्रमणबाट सुरु भएको तीन वर्षे युद्धको अन्त्य गर्न खोज्दा अन्तर्राष्ट्रिय मोर्चामा उहाँको उपस्थितिबाट उत्साहित नयाँ ऊर्जावान् म्याक्रोन देखिए ।

म्याक्रोनले संयुक्त राज्य अमेरिकाले गरेजस्तै फ्रान्स अन्य युरोपेली देशहरूसँग उनीहरूको क्षेत्रमा आणविक हतियारले सशस्त्र फ्रान्सेली लडाकु विमानहरू तैनाथ गर्न छलफल सुरु गर्न तयार रहेको बताए।

‘अमेरिकीहरूसँग बेल्जियम, जर्मनी, इटाली, टर्कीमा विमानहरूमा बम छन्’, उनले भने, ‘हामी यो छलफल सुरु गर्न तयार छौँ । म आउने हप्ता र महिनाहरूमा यसको ढाँचा बहुत विशिष्ट तरिकाले परिभाषित गर्नेछु ।’

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  १२ : ५२ बजे

पाथीभराको महिनाको भेटी एक करोड छ लाख

ताप्लेजुङ – पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड छ

प्रधानमन्त्री बालेनको राजीनामा माग्दै हर्क साम्पाङको विज्ञप्ति: ‘सदनको अपमान गरेको’ आरोप

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य

बालेन हराएको सूचना !

काठमाडौँ – यो कार्टुनले प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभाको बैठकमा अनुपस्थित

सहमतिको ‘किशोर सम्बन्ध’लाई अपराधीकरण गर्ने कि निकास दिने ?

काठमाडौंँ – केही महिनाअघि पङ्क्तिकारलाई आफन्त पर्ने एक जना बहिनीले

इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले आयोजना प्रभावित

सिद्धार्थनगर – लुम्बिनी निर्माण व्यवसायी सङ्घले निर्माण सामग्री तथा इन्धनमा