स्कटल्याण्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ « Khabarhub

स्कटल्याण्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्ड भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरिएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरेको हो । बिदाई कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले सिरिजमा नेपाली टीम उच्च मनोबलका साथ उत्रने बताए ।

स्कटल्याण्डमा हुने खेल मध्ये २–३ खेलमा मात्रै जित निकाल्न सके आगामी दिनमा विश्वकप लिग–२ को यात्रा सहज हुने उनले बताए । उनले विश्वकप लिग–२ को सुरुवात सुखद ढंगले हुने विश्वास व्यक्त गरे ।

त्यस्तै नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले विश्वकप लिग–२ नेपालका लागि निकै महत्वपूर्ण भएकाले नेपाली टीमले आफ्नो क्षमता देखाउने बताउनुभयो । वरियतामा नेपाल अलि तल रहेपनि नेपाली टोलीले राम्रो नतिजा ल्याउने उनको भनाइ छ ।

नेपालले स्कटल्याण्ड भ्रमणमा लिग–२ अघि अभ्यास खेलहरू खेल्नेछ । त्यसपछि लिग–२ अन्तर्गत नेपालले जुन २ र जुन ८ मा स्कटल्याण्ड तथा जुन ४ र जुन १० मा नेदरल्यान्ड्ससँग खेल्दैछ । त्यसपछि नेपाली टोली युके भ्रमणमा जाने तालिका रहेको छ । 

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  १ : ०० बजे

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ