चार घर जलेको मखन पुगिन् उपप्रमुख डंगोल, ग्यास कम्पनीको अनुगमन बढाइने « Khabarhub

चार घर जलेको मखन पुगिन् उपप्रमुख डंगोल, ग्यास कम्पनीको अनुगमन बढाइने


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले वडा नम्बर २४ स्थित मखनटोलमा आगलागीबाट जलेका चारवटै घरको अनुगमन गरेकी छन् ।

बुधबार बिहान सुरूमा दयाराम श्रेष्ठको चारतले घरबाट आगलागी सुरू हुँदा अरू तीनवटा घरमा पनि क्षति भएको छ ।

क्षति भएका घरको अुनगमनसँगै उपप्रमुख डंगोलले घरमालिक दयाराम श्रेष्ठ, विनोदकुमार राजभण्डारीलगायतसँग कुराकानी गरेकी छन् ।

‘आगलागी भएको जानकारीसँगै मखनटोल पुगेर अनुगमन गरेकी छु,’ डंगोलले भनिन्, ‘अहिलेसम्म ग्यास लीक भएर आगलागी भएको भन्ने छ । आगलागीका घटना धेरैजसो ग्यास चुहिएर हुने गरेका छन् । तिनलाई पनि मध्यनजर गर्दै अनुमनलाई प्रभावकारी बनाउँछौँ ।’

डंगोलले महानगरपालिकाले नियमित अनुगमन गरिरहेको बताइन् । आगामी दिनमा ग्यास कम्पनी र डिलरमा पनि अनुगमन गर्ने जानकारी उनले दिइन् ।

आगलागीबाट श्रेष्ठको चारतले घर पूरै जलेको छ। त्यही घरमा एकजना महिलाको मृत्यु भएको छ । दयारामसँगैको रुकेश श्रेष्ठको पाँचतले, कैलाश श्रेष्ठ र विकास श्रेष्ठको घरमा पनि क्षति पुगेको वडाध्यक्ष विनोदकुमार राजभण्डारीले बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  १ : १९ बजे

पाथीभराको महिनाको भेटी एक करोड छ लाख

ताप्लेजुङ – पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड छ

प्रधानमन्त्री बालेनको राजीनामा माग्दै हर्क साम्पाङको विज्ञप्ति: ‘सदनको अपमान गरेको’ आरोप

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य

बालेन हराएको सूचना !

काठमाडौँ – यो कार्टुनले प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभाको बैठकमा अनुपस्थित

सहमतिको ‘किशोर सम्बन्ध’लाई अपराधीकरण गर्ने कि निकास दिने ?

काठमाडौंँ – केही महिनाअघि पङ्क्तिकारलाई आफन्त पर्ने एक जना बहिनीले

इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले आयोजना प्रभावित

सिद्धार्थनगर – लुम्बिनी निर्माण व्यवसायी सङ्घले निर्माण सामग्री तथा इन्धनमा