सरकारलाई एमाले प्रमुख सचेतकले भने– साउदीमा अलपत्र नेपालीको उद्धार गरियोस् « Khabarhub

सरकारलाई एमाले प्रमुख सचेतकले भने– साउदीमा अलपत्र नेपालीको उद्धार गरियोस्


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बर्तौलाले साउदी अरबको जुवेल सहरमा सेन्ड्रन इन्टरनेसनल कम्पनी लिमिटेड बन्द भएपछि चार सय भन्दा बढी नेपाली अलपत्र परेको भन्दै उनीहरूको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए ।

कम्पनी बन्द हँुदा २ देखि ९ महिनासम्मको पारिश्रमिक नेपालीले पाउन नसकेको उनले बताए । अर्कातिर बर्हिगमन भिसा बन्द भएकाले स्वदेश आउन नपाउँदा नेपाली अलपत्र परेको उनले बताए ।

बर्तौलाले यथाशीघ्र ती नेपालीको उद्धार गरी आवश्यक सहयोग र सहजीकरणमा जुट्न सरकारसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  १ : ३२ बजे

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी