सरकारलाई एमाले प्रमुख सचेतकले भने– साउदीमा अलपत्र नेपालीको उद्धार गरियोस् « Khabarhub

सरकारलाई एमाले प्रमुख सचेतकले भने– साउदीमा अलपत्र नेपालीको उद्धार गरियोस्


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बर्तौलाले साउदी अरबको जुवेल सहरमा सेन्ड्रन इन्टरनेसनल कम्पनी लिमिटेड बन्द भएपछि चार सय भन्दा बढी नेपाली अलपत्र परेको भन्दै उनीहरूको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए ।

कम्पनी बन्द हँुदा २ देखि ९ महिनासम्मको पारिश्रमिक नेपालीले पाउन नसकेको उनले बताए । अर्कातिर बर्हिगमन भिसा बन्द भएकाले स्वदेश आउन नपाउँदा नेपाली अलपत्र परेको उनले बताए ।

बर्तौलाले यथाशीघ्र ती नेपालीको उद्धार गरी आवश्यक सहयोग र सहजीकरणमा जुट्न सरकारसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  १ : ३२ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस