नयाँ शक्तिले प्रशंसा अभियान’लाई चुस्त बनाउने « Khabarhub

नयाँ शक्तिले प्रशंसा अभियान’लाई चुस्त बनाउने


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले प्रशिक्षण, संगठन विस्तार र सामाजिक परिचालनसम्बन्धी सञ्चालन गरेको ‘प्रशंसा अभियान’लाई चुस्त बनाउने निर्णय गरेको छ ।

पार्टी पदाधिकारीको मंगलबारको बैठकले दलको प्रथम महाधिवेशनपछि उठाइएको वैकल्पिक राजनीतिक एजेण्डाप्रति जनसमर्थन विस्तार हुँदै गइरहेको ठहर गर्दै देशव्यापी संगठन निर्माण र विस्तारलाई तीव्र तुल्याउने निर्णय गरेको पार्टीका प्रवक्ता कृष्ण शर्माले जानकारी दिए।
 
बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुक ढिलोचाँडो वैकल्पिक राजनीतिको स्पष्ट मार्गचित्रमा अघि बढ्ने विश्वास व्यक्त गर्दै नयाँ विचार र राजनीतिको माध्यमबाट जनतामाझ पुग्न सबै पदाधिकारीहरूलाई आह्वान गरेको पनि प्रवक्ता शर्माले बताए ।

बैठकले विचार मिल्ने वैकल्पिक, नयाँ र अग्रगामी शक्तिहरूसँग सहकार्य गर्न उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा उपाध्यक्ष मानुषी यमी भट्टराई, महासचिव सोनाम सिङ स्याङ्तान र जीएस गुरुङ सम्मिलित राजनीतिक संवाद समिति गठन गरेको छ ।

अध्यक्ष डा. भट्टराईको अध्यक्षतामा केन्द्रीय कार्यालय, तीनकुनेमा भएको बैठकमा पदाधिकारीहरूले आ–आफ्नो जिम्मेवारी, कार्यक्षेत्र र सङ्गठनात्मक गतिविधिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पार्टी अध्यक्ष डा. भट्टराईले भारत प्रवासको अधिवेशनमा हुने क्रममा त्यहाँका शीर्ष राजनीतिक नेतृत्व र कूटनीतिक नियोगका पदाधिकारीसँग गरेको संवादले दुई देशबीचको सम्बन्ध, आपसी हित र नेपालको लोकतान्त्रिक प्रणालीको सुदृढीकरणमा सकारात्मक भूमिका निर्वाह गरेको ठहर गरिएको प्रवक्ता शर्माले बताए।
 
नेसपाले आगामी यही जेठ ३० गते काठमाडौँमा पार्टी स्थापना दिवस भव्य रूपमा मनाउने तथा देशभरिका सबै प्रदेश र स्थानीय तहहरूमा वृक्षरोपण, सरसफाइ, श्रमदान, रक्तदान, स्वास्थ्य शिविरलगायत विविध रचनात्मक कार्यक्रम आयोजना गर्ने समेत निर्णय गरेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  १ : ३८ बजे

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको