नाउपाबाट कैलाश चौधरी फेरि सुदूरपश्‍चिममा मन्त्री बन्दै, घूसको अडियोले गएको थियो लक्ष्मणकिशोरको पद « Khabarhub

नाउपाबाट कैलाश चौधरी फेरि सुदूरपश्‍चिममा मन्त्री बन्दै, घूसको अडियोले गएको थियो लक्ष्मणकिशोरको पद


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले कैलाश चौधरीलाई सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री बनाउने भएको छ।

घूसको डिल गरेपछि राजीनामा दिएका लक्ष्मणकिशोर चौधरीको स्थानमा कैलाशलाई नाउपाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनाउन लागेको हो ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरीलाई मन्त्री बनाउन प्रदेश संसदीय दललाई पत्राचार गरिसकेकी छन् । यसअघि चौधरी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री थिए ।

तत्कालीन उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरी दीगो वन व्यवस्थापन परियोजना सञ्चालनका लागि घूस लेनदेनको डील गरिरहेको अडियो बाहिरिएसँगै गत चैत महिनामा राजीनामा दिन बाध्य भएका थिए ।

खाली रहेको मन्त्री पदबारेमा मंगलबार नाउपा सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बसेको थियो । बैठकले मन्त्री टुङ्गो लगाउन नसकेपछि पार्टी अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरीलाई जिम्मा दिएको थियो । कैलाश अध्यक्ष रञ्जितानिकट नेता हुन् ।

प्रदेश संसदीय दलले मन्त्री छान्ने जिम्मा केन्द्रलाई दिएपछि रञ्जिताले कैलाशको नाम सिफारिस गरेकी हुन् । कैलाशलाई मन्त्री बनाउन बुधबार नै प्रदेश सरकारलाई सिफारिस गर्ने तयारी भएको छ ।

यसअघि २०८१ वैशाखमा चौधरी सुदूरपश्चिम प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्री बनेका थिए । तत्कालीन मुख्यमन्त्री दीर्घ सोडारीले चौधरीलाई भौतिक मन्त्री बनाएका थिए ।

त्यसबेला विनाविभागीय मन्त्रीको शपथ लिन अस्वीकार गरेका कैलाशले भौतिक पूर्वाधार मन्त्रालय दिने सहमतिपछि शपथ लिएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  १ : ४६ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।