नाउपाबाट कैलाश चौधरी फेरि सुदूरपश्‍चिममा मन्त्री बन्दै, घूसको अडियोले गएको थियो लक्ष्मणकिशोरको पद « Khabarhub

नाउपाबाट कैलाश चौधरी फेरि सुदूरपश्‍चिममा मन्त्री बन्दै, घूसको अडियोले गएको थियो लक्ष्मणकिशोरको पद


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले कैलाश चौधरीलाई सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री बनाउने भएको छ।

घूसको डिल गरेपछि राजीनामा दिएका लक्ष्मणकिशोर चौधरीको स्थानमा कैलाशलाई नाउपाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनाउन लागेको हो ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरीलाई मन्त्री बनाउन प्रदेश संसदीय दललाई पत्राचार गरिसकेकी छन् । यसअघि चौधरी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री थिए ।

तत्कालीन उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरी दीगो वन व्यवस्थापन परियोजना सञ्चालनका लागि घूस लेनदेनको डील गरिरहेको अडियो बाहिरिएसँगै गत चैत महिनामा राजीनामा दिन बाध्य भएका थिए ।

खाली रहेको मन्त्री पदबारेमा मंगलबार नाउपा सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बसेको थियो । बैठकले मन्त्री टुङ्गो लगाउन नसकेपछि पार्टी अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरीलाई जिम्मा दिएको थियो । कैलाश अध्यक्ष रञ्जितानिकट नेता हुन् ।

प्रदेश संसदीय दलले मन्त्री छान्ने जिम्मा केन्द्रलाई दिएपछि रञ्जिताले कैलाशको नाम सिफारिस गरेकी हुन् । कैलाशलाई मन्त्री बनाउन बुधबार नै प्रदेश सरकारलाई सिफारिस गर्ने तयारी भएको छ ।

यसअघि २०८१ वैशाखमा चौधरी सुदूरपश्चिम प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्री बनेका थिए । तत्कालीन मुख्यमन्त्री दीर्घ सोडारीले चौधरीलाई भौतिक मन्त्री बनाएका थिए ।

त्यसबेला विनाविभागीय मन्त्रीको शपथ लिन अस्वीकार गरेका कैलाशले भौतिक पूर्वाधार मन्त्रालय दिने सहमतिपछि शपथ लिएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  १ : ४६ बजे

विश्वकप इतिहासमै कतारले जोड्यो पहिलो अंक

काठमाडौं- फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत सन फ्रान्सिस्कोस्थित

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको