भारतको मोतीहारीबाट पक्राउ परेका खलिस्तानी विद्रोहीको के छ नेपाल कनेक्सन ? | Khabarhub Khabarhub

भारतको मोतीहारीबाट पक्राउ परेका खलिस्तानी विद्रोहीको के छ नेपाल कनेक्सन ?


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको बिहारस्थित मोतीहारीबाट भारतीय केन्द्रीय जाँच एजेन्सी (एनआईए) को कारबाहीमा खालिस्तानी विद्रोही कश्मीर सिंह पक्राउ परेका छन् ।

उनले नेपालदेखि नेटवर्क चलाइरहेको दाबी गर्दै भारतीय सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका छन् । मोतीहारीको पूर्वी चम्पारणबाट पक्राउ परेका बलवीर सिंह भनिने कश्मीर सिंह गलबड्डीलाई एनआईएले ट्रान्जिट रिमाण्डमा दिल्ली लगेको छ।

भारतीय सञ्चारमाध्यमले नेपाल नेटवर्क, जेल ब्रेक र करोडौँको लगानीका विषयमा अनुसन्धान गर्दै आएको समाचारमा उल्लेख छ ।

उनलाई भारतीय प्रहरीले नेपालबाटै पक्राउ गरेको दाबीसहितका समाचार पनि आइरहेका छन् । नेपालबाट गत चैत १५ गते भागेका दुर्गा प्रसाईंकै शैलीमा उनलाई पनि समातिएको दाबी गरिएको छ । तर त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

समाचारअनुसार एनआईए र मोतीहारी प्रहरीको संयुक्त कारबाहीमा गलबड्डी मोतीहारीको मोतीझिल क्षेत्रबाट पक्राउ परेका थिए । उनीमाथि दशलाख रुपैयाँको पुरस्कार राखिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रारम्भिक अनुसन्धानमा गलबड्डीले नाभा जेल तोडेको र अन्य आतंककारी गतिविधिमा संलग्नता रहेको स्वीकार गरेको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनी बब्बर खालसा इन्टरनेश्नलसहित अन्य खलिस्तानी आतंकवादी संगठनको नेपाल नेटवर्कका मुख्य व्यक्ति हुन् । उनका ६ वटा बैंक एकाउण्टमा करोडौँ रुपैयाँको लेनदेन भएको बताइएको छ ।

गलबड्डी नेपालमा दलजीत सिंहको नामबाट फर्जी कागजात बनाएर भारत नेपालका सीमामा गतिविधि गर्ने र विशेष गरी उनले वीरगंजमा घरसमेत बनाएको मिडिया रिपोर्टले उल्लेख गरेको छ ।

यस्तै उनले एक नेपाली महिलासँग विवाह गरेर सामान्य जीवनयापन गरिरहेको र घुम्दै कपडा बेच्ने काम गरिरहेको बताइएको छ ।

यही क्रममा उनले खलिस्तानी आतंकवादी संगठनको नेटवर्क चलाउँदै आएको समेत भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उनी बब्बर खालसा इन्टरनेश्नल, खालिस्तान लिबरेशन फोर्सजस्ता आतंकवादी संगठनमा रहेको बताइएको छ ।

पक्राउ परेका गलबड्डी अन्तर्राष्ट्रिय सिख युथ फेडरेशनसँग जोडिएको पनि बताइएको छ । उनले नाभा जेल तोड्दाताका खालिस्तान लिबरेशन फोर्स (केएलएफ) प्रमुख हरमिंदर सिंह रिंदू ग्याङस्टार विक्की गौंडर, गुरप्रित सिंह सेखों, नीता देओल र अमनदीप धोतियांजस्ता आतंकवादी र ग्याङस्टारका साथ फरार भएका थिए ।

अहिले एनआईएले गलबड्डीसँग यी सबैसँगको सम्बन्ध र नेपालमा रहँदा गरिएका योजनाबारे अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  २ : २१ बजे

सीमानाका आवातजावतमा कडाइ

सुदूरपश्चिम – नेपालको पछिल्लो अवस्थालाई ध्यानमा राखी सुदूरपश्चिम प्रदेशका सीमानाकामा

जेन-जी आन्दोलन : ज्यान गुमाउनेको संख्या ३० पुग्यो, एक हजार बढी घाइते

काठमाडौं – जेन-जीहरूको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ

जेन-जीलाई ओलीको सन्देश – तिमीहरूको निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भयो

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन-जी

आपसमा विवाद गरेपछि सेनाले जङ्गीअड्डाको गेटबाटै फर्काइदियो जेन-जी समूहलाई

काठमाडौँ – सैनिक मुख्यालय जङ्गीअड्डाको गेटमा भावी सरकारको नेतृत्वमा आ-आफूले

सेनापतिसँगको फोटो सार्वजनिक गर्दै दुर्गा प्रसाईँले भने – ‘दिनभर छलफल भयो, नेतृत्वको मोह छैन भनेँ’

काठमाडौँ – मेडिकल व्यवसायी तथा राजावादी आन्दोलनका पूर्वकमाण्डर दुर्गा प्रसाईँले