गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध र मर्यादित बनाउन प्रधानमन्त्रीको आग्रह « Khabarhub

गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध र मर्यादित बनाउन प्रधानमन्त्रीको आग्रह


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन आग्रह गरेका छन् ।

सङ्घद्वारा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ को उद्‌घाटन गर्दै प्रधानमन्त्री ओलीले यो संस्थाको उद्देश्यसँग नमिल्ने प्रवृत्तिहरु देखापर्नु उचित नहुने भनाइसहित सङ्कीर्ण भावना त्यागेर उन्नतस्तरको एकतामा लाग्न आग्रह गरे ।

‘आपसमा मिलेर एकताबद्ध भएर जानुपर्ने यस किसिमको साझा संस्थामा विवाद हुनु राम्रो होइन । व्यक्तिका लागि विधान फेर्ने ढङ्गले संस्था चल्न सक्दैन । यसमा विवेक र तर्कले काम गरोस् । व्यक्तिगत स्वार्थका लागि जे पनि गर्ने थलोका रुपमा यो विकास नहोस्’, ओलीले भने, ‘नेपाली डायस्पोराका हकहितका साथै आपसी चिनजान, नेपाली संस्कृति परम्पराको निरन्तरता र देशका लागि के योगदान गर्न सकिन्छ भन्ने पवित्र उद्देश्यबाट तपाईंहरू विचलित हुनुहुँदैन । यसमा दलीय राजनीति गर्नुहुँदैन र यसमा विभाजनको प्रयास सफल हुँदैन । विधिसम्मत कुरामा नेपाल सरकारको साथ रहनेछ ।’

एनआरएन महाधिवेशनमा यसअघि भएको अमर्यादित र अभद्र गतिविधिबाट समाजमा राम्रो सन्देश नगएको उल्लेख गर्दै उनले विधि प्रक्रियासहित लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गरी अघि बढ्न गैरआवासीय नेपाली समुदायसँग अनुरोध गरे । 
 
उनले एनआरएनको वर्तमान अध्यक्ष डा बद्री केसीको वैधानिक कार्यकाल अझै कायम रहेकाले यसले लोकतान्त्रिक र विधिसम्मत ढङ्गबाट महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्ने विश्वास व्यक्त गरे । 

प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीसँग सम्बन्धित कानुनमा गर्नुपर्ने संशोधनका लागि प्राप्त सुझावका आधारमा सरकारले काम गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  २ : ०९ बजे

बालेन हराएको सूचना !

काठमाडौँ – यो कार्टुनले प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभाको बैठकमा अनुपस्थित

सहमतिको ‘किशोर सम्बन्ध’लाई अपराधीकरण गर्ने कि निकास दिने ?

काठमाडौंँ – केही महिनाअघि पङ्क्तिकारलाई आफन्त पर्ने एक जना बहिनीले

इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले आयोजना प्रभावित

सिद्धार्थनगर – लुम्बिनी निर्माण व्यवसायी सङ्घले निर्माण सामग्री तथा इन्धनमा

रियल म्याड्रिडको सान्त्वना जित: गार्सिया र बेलिंघमले गरे गोल

म्याड्रिड – उपाधि होडबाट बाहिरिसकेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा

तिलक बर्माको विष्फोटक ब्याटिङमा मुम्बई विजयी, पन्जाबको प्लेअफ यात्रा संकटमा

धर्मशाला – मुम्बई इन्डियन्सका युवा ब्याटर तिलक बर्माले विष्फोटक इनिङ्स