डेढ वर्षअघि विद्यालयबाट चोरिएका ल्यापटप बोरामा हालेर पुरेको अवस्थामा भेटिए « Khabarhub

डेढ वर्षअघि विद्यालयबाट चोरिएका ल्यापटप बोरामा हालेर पुरेको अवस्थामा भेटिए


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताप्लेजुङको मैवाखोला गाउँपालिका-५ स्थित पार्टीडाँडा माध्यमिक विद्यालयबाट डेढ वर्ष अगाडि चोरिएका ८ वटा ल्यापटप बोरामा पोको पारेर गाडेको अवस्थामा भेटिएका छन् ।

उक्त विद्यालयबाट हराएका ८ ल्यापटप बोरामा पोको पारेर गाउँपालिकाकै पित्तोलुङमा गाडेको अवस्थामा मंगलबार भेटिएका हुन् ।

मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले ती ल्यापटप भेटिएको पुष्टि गरेका छन् । वनेमका अनुसार २०८० पुस २२ गते राति विद्यालयको ढोका फोडेर ११ वटा ल्यापटप चोरिएका थिए ।

चोरिएका ल्यापटपमध्ये तीनवटा केही दिनमै भेटिए । तर अन्य आठवटा गायब थिए । ती ल्यापटप ह्युमन प्राक्टिस फाउन्डेसन (एचपीएफ) ले शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत आईसीटी कक्षाका लागि दिएको थियो । विद्यालय प्रशासनले जिम्मा लिएको केही दिनमै ती ल्यापटप चोरिएका थिए ।

अध्यक्ष वनेमले चोरीमा संलग्नको खोजी जारी रहेको बताए । उनले घटनामा संलग्नलाई पहिचान गरी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई आग्रह गरिएको बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  २ : १७ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत

आज २०८२ साल फागुन २९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको